(Japan) 21 st September | 2026 | Monday | 9:48:47 AM || (Nepal) 6:33:47 AM
 
 


इरानमा सुधारवादी नेता मसुद पेजेस्कियान राष्ट्रपतिमा विजयी

  POSTED ON : Sunday, 07 July, 2024 | Views : 978

इरानमा सुधारवादी नेता मसुद पेजेस्कियान राष्ट्रपतिमा विजयी


एजेन्सी ।

इरानमा सुधारवादी नेता मानिने मसुद पेजेस्कियान राष्ट्रपतीय निर्वाचनमा विजयी भएका छन् । उनले कट्टरपन्थी नेता सईद जलिलीलाई पराजित गरेका हुन् ।


चुनावी नतिजा अनुसार हालसम्म गणना गरिएको मतमध्ये डा. मसुद पेजेस्कियानले ५३ प्रतिशत भन्दा बढी मत र जलिलीले ४४ प्रतिशत मत प्राप्त गरेका छन् ।


जुन २८ गते भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत पाउन सकेका थिएनन् । इरानमा अहिलेसम्मकै सबैभन्दा कम ४० प्रतिशत मतदान भएको थियो।


इरानका पूर्वराष्ट्रपति इब्राहिम रायसीको राष्ट्रपति पदमा रहँदा यसै वर्षको मे महिनामा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।


इब्राहिम रायसीको पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा निधन भएको हो । 


उक्त दुर्घटनामा राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित नौ जनाको मृत्यु भएको थियो । त्यसपछि इरानमा नयाँ राष्ट्रपतिका लागि निर्वाचन भएको हो ।