(Japan) 1 st May | 2026 | Friday | 3:13:33 AM || (Nepal) 11:58:33 PM
 
 


‘इजराइली सेनाद्वारा ३८ हजार प्यालेष्टाइनी नागरिकको हत्या’

  POSTED ON : Wednesday, 03 July, 2024 | Views : 1040

‘इजराइली सेनाद्वारा ३८ हजार प्यालेष्टाइनी नागरिकको हत्या’


एजेन्सी ।

इजराइली कब्जाकारी सेना (आईओएफ) ले गाजापट्टीमा गत अक्टोबरदेखि अहिलेसम्म करिब ३८ हजार प्यालेष्टिनी नागरिकले हत्या गरेका छन्।

 

प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी ३७ हजार ९२५ प्यालेष्टिनीको इजरायली सेनाले हत्या गरेको जनाएको छ । यो अवधिमा कम्तीमा ८७ हजार एक सय ४१ नागरिक घाइते भएका छन् ।


आईओएफले गाजापट्टीमा गत २४ घण्टामा २५ प्यालेष्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले जनाएको छ । 


मन्त्रालयले गाजा पट्टीमा इजराइली कब्जाको चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाइ हमला र चारैतिरबाट गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेष्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको उल्लेख गरेको छ । 


गाजापट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली सेनाले आक्रमण जारी राख्दै दैनिक दर्जनौं सर्वसाधारण प्यालेस्टाइनी नागरिकको हत्या गरिरहेको छ ।