काठमाडौं, नेपाल ।
नेपाली कामदारहरुको लागि प्रमुख गन्तव्य बन्दै आएको खाडी मुलुक कुवेतले नेपालमा आफ्नो दूतावास खोल्ने निर्णय गरेको छ । यसैगरि कुवेतले नेपालबाट थप दुई लाख नेपाली कामदार लैजाने प्रतिबद्धता समेत जनाएको छ ।
उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी गराएको छ ।
कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका छन् । कुवेतले नेपालीहरुको सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको श्रेष्ठले बताए । नेपालको भने कुवेतमा यसअघि नै आफ्नो दूतावास रहेको छ ।