टोकियो, जापान ।
संयुक्त राष्ट्र संघले इजरायललाई बालअधिकार विरुद्ध गम्भीर उल्लङ्घन गर्ने देशहरूको विश्वव्यापी सूचीमा समावेश गरेको छ । जसमा इजरायली आक्रमणमा गाजा पट्टीमा बालबालिकाको मृत्युको संख्या बढ्दै गएको छ ।
संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफेन डुजारिकले शुक्रबार नियमित पत्रकार सम्मेलनमा इजरायलका राष्ट्रसंघीय राजदूतलाई उक्त देशलाई सूचीमा समावेश भएको जानकारी गराएको बताए ।
विश्वव्यापी निकायले विश्वभरका सशस्त्र द्वन्द्वले बालबालिकामा पार्ने प्रभावको अनुसन्धान गरी वार्षिक प्रतिवेदन तयार पार्छ । कागजातमा बालबालिकालाई हानि गर्ने अपराधीहरूको सूची समावेश छ। पछिल्लो प्रतिवेदन यस महिनाको अन्त्यमा सार्वजनिक गरिनेछ ।
नयाँ सूचीमा गृहयुद्धबाट प्रभावित सिरिया र मध्यपूर्वमा यमनलाई पनि समावेश गरिएको छ । युक्रेनमा आफ्नो आक्रमण जारी राखेको रुस गत वर्ष सूचीकृत भएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको निर्णयप्रति कडा प्रतिक्रिया जनाएका छन् ।
नेतान्याहुले एक विज्ञप्तिमा भनेका छन्, 'आज संयुक्त राष्ट्रले आफूलाई इतिहासको कालो सूचीमा थपेको छ जब यो हमासका हत्याराहरूलाई समर्थन गर्नेहरूलाई सामेल भयो ।' उनले इजरायली सेनालाई 'विश्वको सबैभन्दा नैतिक सेना' भनेका छन् ।
स्मरणिय छ गाजामा बुधबारसम्म इजरायली सेनाले ८ महिनाको बिचमा ७ हजार ७ सय ९७ बालबालिकाको हत्या गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । यो तथ्याङ्कले मृत्युको ३० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ । तर प्यालेस्टाइनी अधिकारीहरुले इजरायली बमबारीमा परेर मारिएका बालबालिकाको संख्या १५ हजार भन्दा बढि रहेको बताएको छ ।
इजरायली सेनाले बिहीबार मात्र मध्य गाजामा संयुक्त राष्ट्रसंघिय एजेन्सीद्वारा सञ्चालित विद्यालयमा रकेट हमला गरेर १४ बालबालिकासहित ४० जनाको हत्या गरेको छ ।