काठमाडौं, नेपाल ।
भारतका राष्ट्रिय मिडियाहरुलाई प्रभावमा पारेर दुई तीहाई जनमत पाउने प्रचार गरेपनि बहुमत समेत गुमाएका नरेन्द्र मोदी अन्य दलको मद्दतले तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।
शुक्रबार साँझ राष्ट्रपति द्रौपदी मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
शुक्रबार बिहान बसेको एनडीए गठनबनका सांसदहरूको बैठकले मोदीलाई संसदीय दलको नेता चयन गरेको थियो ।
राष्ट्रपतिलाई भेटेपछि मोदीले आफूलाई नवनिर्वाचित प्रधानन्त्रीका रूपमा नियुक्त गरिएको बताएका छन् ।
मोदीले आइतबार साँझ ६ बजे शपथ लिने तयारी छ ।
जुन ४ मा सार्वजनिक भएको लोकसभा चुनावको नतिजामा एनडीए गठबन्धनले बहुमत प्राप्त गरेको छ । तर मोदीको भाजपा पार्टिले भने बहुमत गुमाएको छ । भाजपा नेतृत्वको एनडीएले ५४३ सदस्यीय लोकसभामा २९३ सिट पाएको छ ।
मोदी पहिलोपटक २०१४ मा प्रधानमन्त्री भएयता भारतको प्रधानमन्त्रीमा छन् ।
मोदी प्रधानमन्त्री भएपछिनै नेपालमाथि नाकाबन्दी भएको थियो भने ईण्डिया भित्र अन्य दलमाथि कानुन र प्रशासन लगाएर जेल थुन्ने देखि मुश्लिम समुदायमाथि मोदीले द्धेसपूर्ण अभिव्यक्ति दिंदै आएका छन् ।