एजेन्सी, टोकियो ।
जापानी शेफ वातारु काकिउचीको भ्यानकुभरमा छुरा प्रहार गरी हत्या भएको छ । स्थानीय जापानी महावाणिज्य दूतावासले बिहीबार पुलिसले आक्रमणबारे विवरण सार्वजनिक गरेको हो ।
३२ वर्षीय काकिउची बुधबार स्थानीय समय अनुसार बिहान ३ः३० बजे सहरको चाइनाटाउन नजिकैको सडकमा गम्भीर घाइते अवस्थामा फेला परेका थिए र अस्पताल पुर्याउन अघि नै उनको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीयवासीमाझ लोकप्रिय काकीउची मंगलबार राति मदिरा पिएर घरबाट बाहिर निस्किएपछि सवारी कुरिरहेका थिए, जब उनीमाथि आक्रमण भएको सञ्चारमाध्यमले जनाएका छन् ।
उनले भ्यानकुभरमा २०१५ मा जापानी शैलीको इजाकाया रेस्टुरेन्टमा काम गर्न थालेका थिए ।
भ्यानकुभरका मेयर केन सिमले एक विज्ञप्ति जारी गर्दै छुरा प्रहारलाई ूमूर्खताहीनू भन्दै काकीउचीको परिवार, साथीहरू र सहकर्मीहरूप्रति समवेदना प्रकट गरेका छन् ।