एजेन्सी ।
अमेरिकि कम्पनिले निर्माण गरेको मिसाइल प्रहार गरेर इजराइली सेनाले प्यालेस्टाइन क्षेत्रको एक संयुक्त राष्ट्रसङ्घीय विद्यालयमा शरण लिइरहेका ४० जना शरणार्थीको हत्या गरेको छ।
गाजामा जारी इजराली नरसंहारको पछिल्लो एउटा उदाहरणको रुपमा विद्यालयमा शरण लिइरहेका शरणार्थीहरूको सामूहिक चिहान बन्न पुगेको छ ।
मध्य गाजामा सयौँ विस्थापित मानिसले आश्रय लिएको संयुक्त राष्ट्र सङ्घको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा ४० जनाभन्दा बढीको ज्यान गएको हो ।
आक्रमणमा अरू दर्जनौं सर्वसाधारण घाइते भएका छन् । इजरायली सेनाले विद्रोही समूह हमासले घेरेको संयुक्त राष्ट्र सङ्घीय विद्यालयमा आक्रमण गरेको झुठो दाबी प्रसारण गरेको छ ।
इजरायली लडाकु विमानले नुसेरात शरणार्थी शिविरमा रहेको विद्यालयको माथिल्लो तल्लामा रहेको कक्षा कोठामा दुई वटा मिसाइल आक्रमण गरेको थियो । हमासको सञ्चार कार्यालयले इजरायलले गरेको नरसंहारमा कम्तीमा ४० जना मारिएका जनाएको छ ।
एम्बुलेन्स र उद्धार टोलीले घाइते र मृतकलाई नजिकैको अस्पतालमा पुर्याइरहेका छन् । हमास–इजरायल द्वन्द्व शुरु भएदेखि ७० वटाभन्दा बढी विदेशी सहायता संस्था र विद्यालय इजरायली आक्रमणमा परेका छन् ।
यो अवधिमा झन्डै एक सय ५० जना राष्ट्र सङ्घीय कर्मचारीको इनरायलले हत्या गरेको छ ।