(Japan) 12 th September | 2024 | Thursday | 1:22:59 AM || (Nepal) 10:07:59 PM
 
 


गोप्य रुपमा क्षेप्यास्त्र दिएका बाइडेनले रसियामा क्षेप्यास्त्र प्रहारको अनुमति दिए

  POSTED ON : Friday, 31 May, 2024 | Views : 606

गोप्य रुपमा क्षेप्यास्त्र दिएका बाइडेनले रसियामा क्षेप्यास्त्र प्रहारको अनुमति दिए


एजेन्सी ।

युक्रेन युद्ध रसिया युक्रेन भन्दा बाहिर फैलनसक्ने निर्णयका रुपमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्रहरु रुसी भूभागका आक्रमण गर्न अनुमति दिएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले विभिन्न श्रोतहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार गत महिना देखिनै गोप्य रुपमा युक्रेनलाई लामो दुरीको क्षेप्यास्त्र दिंदै आएका बाइडेनले हालै मात्र रसियाका केही क्षेत्रमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन् ।

अमेरिकाले आफ्नो नीतिमा स्पष्ट परिवर्तन गर्दै रुससँगको युद्धमा अमेरिकालाई प्रत्यक्ष रुपमा सहभागी गराएको ठानिएको छ । बाइडेन प्रशासनले यसअघि युक्रेन भित्र रुस विरुद्ध लड्न अमेरिकाले उपलब्ध गराएको हतियार प्रयोग गर्न मात्र कीभलाई अनुमति दिएको थियो ।

राजनीतिक समाचार वेबसाइट पोलिटिको र अन्य आउटलेटहरूले बिहीबार जारी गरेको समाचारमा अमेरिकी सरकारी स्रोतहरूलाई उद्धृत गरिएको छ ।

उनीहरूले एक अधिकारीलाई उद्धृत गर्दै भनेका छन् राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई खार्किभमा काउन्टर फायर उद्देश्यका लागि युक्रेनले अमेरिकी हतियारहरू प्रयोग गर्न सक्ने सुनिश्चित गर्न निर्देशन दिएका थिए । त्यसैले युक्रेनले अमेरिकाले गोप्य रुपमा उपलब्ध गराएको ३०० किलोमिटर भन्दा पर प्रहार गर्न सक्ने अमेरिकी क्षेप्यास्त्रहरु रुसी भूभागमा समेत छिट्टै प्रहार हुनसक्ने पूर्वानुमान गरिएको छ ।

रिपोर्टहरूले बाइडेनको निर्णय खार्किभको पूर्वी युक्रेनी क्षेत्रको नजिकको रुसी सीमामा रहेको लक्ष्यहरूमा आक्रमण हुनसक्ने ठानिएको छ । युक्रेनले अब रकेट र रकेट लन्चरहरू जस्ता अमेरिकाले उपलब्ध गराएको हतियारहरू खार्किभ तर्फ लाग्ने रुसी मिसाइलहरू, खार्किभ नजिकको सीमामा जम्मा भएका रुसी सेनाहरू वा युक्रेनी क्षेत्रतर्फ बम प्रहार गर्ने रूसी बमवर्षकहरूलाई लक्षित गर्न प्रयोग गर्न सक्छ ।

अमेरिकी प्रशासनले हालसम्म युक्रेनलाई रुस भित्र आक्रमण गर्न लामो दूरीको मिसाइलहरू प्रयोग गर्न अनुमति दिएको थिएन । तर अमेरिकाले उपलब्ध गराएका ड्रोनहरु प्रयोग गरेर भने युक्रेनले यसअघिनै रुसी राजधानीसम्मनै आक्रमणको प्रयास गरेको छ ।

यस महिनाको सुरुमा, रुसी सेनाले खार्किभ नजिकको सीमा पार गरी सीमा नजिकै दर्जनौं बस्तीहरू नियन्त्रणमा लिएपछि युक्रेनको थप भूभाग रुसी नियन्त्रणमा जान नदिन अमेरिकाले नयाँ विवादास्पद हुने निर्णय गरेको ठानिएको छ ।

अमेरिकाले युक्रेनलाई रुस बिरुद्ध युद्धमा सघाउन हालसम्म १० अर्ब डलर भन्दा बढिको हतियार दिइसकेको छ । केहि मिडिया रिपोर्टहरुले अमेरिका, बेलायत, फ्रान्स लगायत एक दर्जन देशका विशेष सैन्य टोलिनै युक्रेनमा रहेर रुस बिरुद्ध लड्दै र युक्रेनी सेनालाई सघाउँदै आएको उल्लेख गरेका छन् ।