(Japan) 24 th October | 2026 | Saturday | 2:58:16 AM || (Nepal) 11:43:16 PM
 
 


अमेरिकामा जातिय बिभेद : अमेरिकन एयरलाइन्सले ३ काला जातिका मानिसलाई विमानबाट निकालिदिएपछि…

  POSTED ON : Friday, 31 May, 2024 | Views : 896

अमेरिकामा जातिय बिभेद : अमेरिकन एयरलाइन्सले ३ काला जातिका मानिसलाई विमानबाट निकालिदिएपछि…


एजेन्सी । 

अमेरिकामा गोरा बाहेक अन्य बर्णका मानिसमाथि हुने जातिय बिभेद अझै ब्याप्त रहेको पछिल्लो उदाहरण हो तीन काला बर्णका मानिसहरुलाई बिमान चढिसकेको अवस्थामा बिमानबाट निकाल्नु । 


अमेरिकामा तीन काला जातिका मानिसले आफूहरूमाथि जातीय विभेद गरिएको भन्दै अमेरिकन एयरलाइन्सविरुद्ध मुद्दा दायर गरेका छन् ।

शरीरबाट गन्ध आएको भन्दै उक्त एयरलाइन्सले एउटा उडानका क्रममा उनीहरूलाई विमानबाट बाहिर निकालेको त्यससम्बन्धी मुद्दाको अभियोगमा उल्लेख छ ।


अलग–अलग स्थानमा बस्ने र त्यसअघि चिनजान समेत नभएका उनीहरूले गएको जनवरी ५ मा एरिजोनाको फोइनिक्सबाट न्युयोर्कको उडानमा जान लागेका बेला आफूहरूलाई विमानबाट निकालिएको दाबी गरेका छन् ।

उनीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा एयरलाइन्सले आफूहरूलाई काला जाति भएकामा लज्जित र हतोत्साहित गरेको उल्लेख छ ।


टेक्सासमा मुख्य कार्यालय रहेको उक्त एयरलाइन्सले घटनाबारे अनुसन्धान गरिरहेको र यो आरोप एयरलाइन्सको मान्यताअनुरूप नभएको जनाएको छ ।

ती व्यक्तिहरूका तर्फबाट एड्भोकेसी ग्रुप पब्लिक सिटिजनले जनाएअनुसार, उनीहरू फोइनिक्समा विमानभित्र चढेर सिटमा बसिसकेपछि फ्लाइट एटेन्डेन्ट आएर बाहिर जान भनिएको थियो ।