ओकिनावा, जापान ।
जापान सरकारले उत्तर कोरियाले कम्तीमा एउटा क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको हो ।
सरकारले क्षेप्यास्त्र जापानको ओकिनावा तर्फ उड्ने अपेक्षा गर्दै चेतावनी जारी गरेकोमा खतरा टरेको भन्दै सतर्कता हटाएको छ ।
चीनको लिओनिङ प्रान्तको डोङगाङ सहरमा सोमबार राति एनएचके क्यामेराले खिचेको फुटेजमा सुन्तला रङको चम्किलो बिन्दु आकाशमा उडिरहेको र आगोमा फाटिरहेको देखाइएको छ ।
क्षेप्यास्त्रको प्रहार के भयो उत्तर कोरियाले खुलाईसकेको छैन तर यसबाट जापानी भुभागमा कुनै असर परेको जानकारी नरहेको जापानी संचारसस्थाहरुले उल्लेख गरेका छन ।
यता जापान सरकारले ओकिनावामा मानिसहरूलाई घर भित्रै बस्न दिएको सल्लाह हटाएको छ, तर अझै पनि उनीहरूलाई आधिकारिक निर्देशनहरू पालना गर्न आग्रह गरिरहेको छ ।