(Japan) 24 th October | 2026 | Saturday | 12:49:40 PM || (Nepal) 9:34:40 AM
 
 


जापानी प्रधानमन्त्री किशिदा फ्रान्स, ब्राजिल र पाराग्वे भ्रमणमा जाँदै

  POSTED ON : Sunday, 21 April, 2024 | Views : 1654

जापानी प्रधानमन्त्री किशिदा फ्रान्स, ब्राजिल र पाराग्वे भ्रमणमा जाँदै


टोकियो, जापान ।

जापानका प्रधानमन्त्री किशिदा फुमियो आर्थिक सहयोग तथा विकास संगठनको मन्त्रिस्तरीय बैठकलाई सम्वोधन गर्न मे महिनाको पहिलो साता फ्रान्स जाने भएका छन् ।

किशिदाले पुँजीवादको नयाँ रूप प्रवर्द्धन गर्न जापानको प्रयासको बारेमा व्याख्या गर्दै, स्वतन्त्र र निष्पक्ष आर्थिक व्यवस्था कायम राख्न र सुदृढ गर्ने महत्त्वलाई उल्लेख गर्ने अपेक्षा गरिएको छ ।

किशिदाले जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र जलवायु परिवर्तन जस्ता विश्वव्यापी समस्याहरू समाधान गर्न जापानको इच्छाबारे पनि कुरा गर्ने अपेक्षा गरिएको छ ।

जापानी प्रधानमन्त्रीले ब्राजिल र पाराग्वेको पनि भ्रमण गर्ने सम्भावना छ ।

यस वर्ष ग्रुप अफ ट्वान्टीको आयोजना गरिरहेको ब्राजिलमा उनले अन्तर्राष्ट्रिय मुद्दाहरूमा प्रतिक्रिया दिन सहयोग पुष्टि गर्न नेताहरूको शिखर सम्मेलन गर्ने आशा राखेका छन् । किशिदाले ब्राजिलसँगको द्विपक्षीय आर्थिक सहयोगका विषयमा पनि सहमती गर्ने ठानिएको छ ।

किशिदाले पाराग्वेसँग थप सम्बन्ध विस्तार गर्ने पूर्वानुमान गरिएको छ । चिन स्वशासित ताइवानसँग कुटनीतिक सम्बन्ध राख्ने एकमात्र दक्षिण अमेरिकी देशको रुपमा रहेको पाराग्वेसँगको सम्वन्ध विस्तार गरेर ताइवानसँगको सम्वन्धलाई निरन्तरता दिन बल प्रदान गर्ने किशिदाको आशय हुनसक्ने ठानिएको छ ।