क्यालिफोर्निया, अमेरिका ।
अमेरिकाको क्यालिफोर्निया स्थित सानफ्रान्सिस्कोमा यही अप्रिल १४ मा नेपाल डे परेड कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको डे परेड कार्यक्रममा चार हजारभन्दा धेरै नेपालीहरु सहभागी भएका थिए ।
एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाका अनुसार परेडमा सहभागीहरु आ-आफ्नो संस्कृति र परम्परा झल्कने भेषभूषा सहित राष्ट्रिय झण्डा बोकेर सहभागि भएका थिए। नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामु पहिचान दिने उदेश्यका साथ परेडको आयोजना गरिएको बोर्ड अफ डाइरेक्टर जनकराज ढुंगानाले बताए ।
सानफ्रान्सिस्कोको सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो ।
परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए । यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरुकोसमेत सहभागिता रहेको रोशन अधिकारिले जानकारी दिए ।
नेपाल डे परेडमा नेपाली चर्चित क्रिकेटर तथा क्यान सचिव पारस खड्काको पनि सहभागीता थियो। परेड सम्पन्न गर्नमा एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझा, आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामा, बेष्ट रिजनका विष्णु केसी, उत्तम कार्की लगायतले बिशेष पहल गरेका थिए ।
कार्यक्रममा अमेरिकाको विभिन्न स्थानमा रहेका एनआएनएन च्याप्टरबाट पनि उल्लेख्य मात्रामा नेपालीहरुको सहभागिता थियो ।
एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष डा. अर्जुन बञ्जाडेसहितका पदाधिकारी र बीओडीहरुको पनि सहभागिता रहेको थियो ।