(Japan) 24 th October | 2026 | Saturday | 12:49:34 PM || (Nepal) 9:34:34 AM
 
 


इजरायलले इरानमाथि प्रतिआक्रमण गरे समर्थन गर्दैन-बाइडेन

  POSTED ON : Monday, 15 April, 2024 | Views : 1800

इजरायलले इरानमाथि प्रतिआक्रमण गरे समर्थन गर्दैन-बाइडेन


एजेन्सी ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकाले इरानविरुद्ध कुनै पनि इजरायली जवाफी हमलालाई समर्थन नगर्ने बताएका छन् ।

अमेरिकी समाचार वेबसाइट एक्सियोसले ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बाइडेनले नेतान्याहूलाई शनिबार फोन कुराकानीका क्रममा इजरायल, अमेरिका र यस क्षेत्रका अन्य देशहरूको संयुक्त रक्षात्मक प्रयासले इरानको आक्रमण असफल भएको बताए । बाइडेनले नेतान्याहूलाई भने 'तपाईंले जित्नुभयो । जित लिनुहोस् ।'

प्रतिवेदनमा अधिकारीलाई उद्धृत गर्दै नेतन्याहुले बाइडेनलाई अमेरिकाले इरान विरुद्धको कुनै पनि आक्रामक कारबाहीमा भाग नलिने र त्यस्ता अपरेसनहरूलाई समर्थन नगर्ने बताएको समाचारमा उल्लेख छ ।

अमेरिका, युरोपियन देशहरु सहित इजरायलले समेत कल्पना नगरेको इरानले अभूतपूर्व आक्रमण गरेपछि इजरेलले प्रत्याक्रमण गर्न सक्ने अनुमान पनि गर्न थालिएको छ ।

समाचारहरु अनुसार इजरेलको युद्धसम्बन्धी विषय हेर्ने मन्त्रिपरिषद्ले कस्तो जबाफ दिने भन्ने विषयमा बहस गरिरहेको छ ।

इजरायलले इरानी प्रत्याक्रम बिरुद्ध नयाँ आक्रमण गर्न सिधै इरानमा आक्रमण नगरि इजरायलमाथि क्षेप्यास्त्र प्रहार गर्ने इरानी सैन्य शिविरहरूलाई निसाना बनाउन सक्ने पूर्वानुमान गरिएको छ । यद्यपि इजरेलले इरानका मुख्य सैन्य शिविरहरू र देशभर रहेका इरानी रेभलूशनरी गार्ड्सका तालिम केन्द्रहरूलाई पनि निसाना बनासक्ने सम्भावना रहन्छ ।

इजरायलले यदि त्यसरी आक्रमण गरेमा इरानमा धेरै जनधनको क्षति र मध्यपूर्व क्षेत्र दोहोरो धुर्विकरण र युद्धमा होमिने सम्भावना रहेकाले अमेरिकाले आफ्नो स्वार्थका लागि पनि दुई देशलाई लगातारको दोहोरो युद्धमा जानबाट रोक्ने अलजजिरा समाचार संस्थाले विश्लेषण गरेको छ ।