एजेन्सी ।
इरानी सेनाले इजरायलमाथि आक्रमण गर्दा इरानभर सर्वसाधारणहरु हर्सोल्लास मनाएका छन् । इजरायलले सिरियामा रहेको इरानी दूतावासमा आक्रमण गरेर सैन्य र कुटनीतिक अधिकारीको हत्या गरेपछि इरानले गएराती इजरायमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हो ।
इजरायलमाथि आक्रमण गरेको खवरसँगै इरानी सर्वसाधारणहरुले मध्यरात राष्ट्रिय झण्डा सहित सडकमा निस्किएर उल्लास मनाएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले समाचार प्रशारण गरेका छन् ।
इरानले आफ्नो देशमा आक्रमणका लागि इजरायललाई जमिन तथा आकाश सहयोग गरेमा कुनैपनि देशलाई नछाड्ने चेतावनी दिएको छ ।
रुसी समाचार संस्था आरटीका अनुसार इरानले इजरायलमाथि करिव ४ सयवटा ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेपछि यस्तो चेतावनी दिएको हो । इरानमा आक्रमण गर्न कुनैपनि देशको आकाश तथा जमिन प्रयोग भएमा त्यो ठीक नहुने इरानले बताएको छ ।
इरानी रक्षामन्त्री महोमद रेजा अस्तियानीले अरबिक देशहरूलाई संकेत गरेर यस्तो चेतावनी दिएका हुन् । गत अप्रिल १ मा इजरायलले सिरियाको दमास्कसमा भएको इरानी महावाणिज्यदूतावासमा हमला गरेपछि इरानले आज प्रतिकार गरेको हो । इरानले ३०० हाराहारी ड्रोन तथा मिसाइल इजरायलमा प्रहार गरेको छ ।
इरानी हमलालाई इजरायल, अमेरिकी तथा बेलायतले संयुक्तरूपमा मिलेर रक्षा गरेका थिए । सबैजसो इरानी मिसाइल खसालिएको इजरायल र अमेरिकाको दाबी छ । तर, इरानले भने इजरायली सैन्य अखडामा उचित प्रहार गरेको बताएको छ ।
इरानले प्रोक्सी बल प्रयोग गरी वर्षौंदेखि छायाँ युद्धमा संलग्न दुई शत्रुहरूबीचको यस्तो प्रत्यक्ष भिडन्त यो पहिलो हो।
इजरायली सेनाले इजरायल र अन्य देशहरूले ३०० भन्दा बढी क्रुज मिसाइल र ड्रोनलाई रोकेको बताएको छ, जसमा धेरै जसो इजरायली हवाई क्षेत्र बाहिर छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि आक्रमण गरिएका ड्रोन र मिसाइल रोक्न अमेरिकी सेनाले मद्दत गरेको खुलाएका छन् ।
बाइडेनले यमन, सिरिया र इराकबाट काम गरिरहेका इरान समर्थित लडाकु समुहहरुले इजरायलमाथि आक्रमण गर्न सघाएको बाइडेनको भनाइ छ ।
इरानको इस्लामिक रिभोलुसन गार्ड कोर्प्स ९आईआरजीसी० ले यो हमला ूविशिष्ट लक्ष्यहरूू लाई लक्षित गरेको बताएको छ।