टोकियो, जापान ।
जापानले इरानले इजरायलमा गरेको जवाफी हमलाको कडा निन्दा गरेको छ । इरानले आफ्ना कुटनीतिक अधिकारीहरु हत्याको बदला लिन गरेको आक्रमणले अस्थिरता बढेको र यो अवस्थाप्रति गहिरो चिन्ता रहेको विदेशमन्त्री योको कामिकावाले आइतवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
'यो आक्रमणले हालको मध्य पूर्वको अवस्था थप बिग्रन्छ । हामी यस प्रकारको बढ्दो घटनाको गहिरो चिन्ता र कडा निन्दा गर्दछौं' विज्ञप्तिमा भनिएको छ।
इरानले इजरायली क्षेत्रमा आफ्नो पहिलो प्रत्यक्ष हमलामा शनिबार अबेर इजरायलमा विस्फोटक ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । सिरियामा रहेको आफ्नो दूतावासमा भएको आक्रमणको जवाफी हमला स्वरुप इरानले उक्त प्रत्याक्रमण गरेको हो ।
जापानका लागि शान्ति र स्थायित्व विशेष गरी महत्त्वपूर्ण छ र सरकारले परिस्थितिलाई बिग्रन नदिन आवश्यक कूटनीतिक कदमहरू चाल्नेछ, विज्ञप्तिमा भनिएको छ।
जापान आफ्नो तेल आयातको लागि मध्य पूर्वमा धेरै निर्भर छ । जापानले मध्यपूर्व क्षेत्रबाट ९५ प्रतिशत तेल आयात गर्दै आएको छ ।
जापान पनि परम्परागत रूपमा इरानको मित्र राष्ट्र भएको भन्दै प्रधानमन्त्री फुमियो किशिदाले सेप्टेम्बरमा इरानी राष्ट्रपति इब्राहिम राईसीलाई इरानको आणविक कार्यक्रमबारे छलफल गर्न भेटेका थिए ।
तर अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघिय बढापत्रको उल्लंघन गर्दै सिरियामा रहेको इरानी कन्सुलरमा आक्रमणगरि बरिष्ठ सैन्य र कुटनीतिक अधिकारी सहित १३ जनाको इराजयले हत्या गर्दा मौन रहेको जापानले इरानी प्रत्याक्रमणको बिरोधलाई अमेरिकाले इजरायली पक्षमा दिएको भाषणपछिको ऐक्यबद्धताका रुपमा हेरिएको छ ।