एजेन्सी ।
सिरियामा रहेको इरानी दुतावासमा आक्रमण गरी आफ्ना वरिष्ठ सैनिक जनरलसहित १३ जना अधिकारीको हत्या गरेपछि इरानले इजरायल माथि आक्रमण सुरु गरेको छ।
इरानले आइतबार बिहान ड्रोन र मिसाइल सहित आक्रमण सुरु गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।
यद्यपि यो समाचार तयार पार्ने बेलासम्ममा इरानले आक्रमण गरिएका अधिकांश ड्रोनहरूलाई इजरायली प्रतिरक्षा प्रणालीले ध्वस्त पारेको अन्तर्राष्ट्रिय समाचारहरूले समाचार प्रसारण गरेका छन् ।
इरानि आक्रमण पछि इजरायलद्वारा प्रतिरक्षाका लागि र आक्रमणका लागि पनि तयार रहेको प्रतिक्रिया आएको थियो ।
अमेरिकी राष्ट्रपती जो बाइडेनले बिशेस सुरक्षाको बैठक गरी ईजरायल सुरक्षाको अवस्था बारे जानकारी लिँदै, इजरायलको सुरक्षाका लागि सबै सहयोग गर्न तयार रहेको बताएका छन ।
इरानी ड्रोन जोर्डन हुँदै इजरायल पुग्ने आशंका इजरायलले हवाई प्रतिरक्षा प्रणाली पूर्ण रुपमा परिचालन गरेको जनाएको छ । अमेरिकाले इरानी ड्रोन इजरायल माथि नपुग्न र मिसाइललाई सहयोग गर्ने बताएको छ ।