(Japan) 24 th October | 2026 | Saturday | 12:50:00 PM || (Nepal) 9:35:00 AM
 
 


अष्ट्रेलियामा व्यस्त सपिङ मलमा छुरा प्रहार गरि ६ जनाको हत्या

  POSTED ON : Sunday, 14 April, 2024 | Views : 870

अष्ट्रेलियामा व्यस्त सपिङ मलमा छुरा प्रहार गरि ६ जनाको हत्या



एजेन्सी ।

अष्ट्रेलियाको सिड्नीस्थित एउटा सपिङ मलमा एक व्यक्तिले अन्धाधुन्ध छुरा प्रहार गरि ६ जनाको ज्यान लिएका छन् ।

घटनामा अन्य दर्जनौ मानिस घाइते भएकाले अस्पताल पठाइएको अलजजिरा समाचार संस्थाले उल्लेख गरेको छ ।

एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको समाचारमा उल्लेख छ । उक्त आक्रमणका क्रमा सो क्षेत्रमा भागाभाग मच्चिएको थियो ।

स्थानीय सञ्चारमाध्यमहरूले बोन्डाई जक्शनस्थित वेस्टफिल्ड मलमा गोली चलेको बताएका छन् । छुरा प्रहार भएपछि प्रहरीले कारबाही गरि आक्रमणकारीलाई गोली हानी मारिदिएको बताइएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्वानिजले सपिङ मल (किनमेल केन्द्र) मा भएको आक्रमणमा ‘व्यक्ति हताहत भएको’ पुष्टि गरेका छन् ।

त्यहाँ एक नौ महिनाको बच्चासहित कैयौँलाई छुरा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका हुन्। बोन्डी जक्शनस्थित वेस्टफिल्ड मलभित्र आक्रमणको घटनासँगै मानिसहरूको भागाभाग भएको र प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिई व्यापक कारबाही गरेको छ।

न्यु साउथ वेल्स एम्बुलेन्स सेवाले आक्रमणकारी ठानिएका एक जना व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जनाएको छ । घटनास्थलबाट मानिसहरू भागिरहेको देखिने खालका तस्बिर तथा भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।