टोकियो, जापान ।
जापानमा सामाजिक बीमा र राष्ट्रिय स्वास्थ्य बीमा गरि दुई प्रकारका स्वास्थ्य बिमाहरु उपलब्ध छन् । हरेक जापानको नागरिक वा बिदेशी नागरिकहरुले यि दुई मध्ये कुनै एकमा अनिवार्य आफुलाई आवद्ध गराउनुपर्ने हुन्छ ।
सामाजिक बीमा भनेको के हो ?
यदि तपाइ जापानी कम्पनीको लागि काम गर्नुहुन्छ भने, तपाइको रोजगारदाताले तपाइलाई तपाइ जुनसुकै देशको नागरिक हुनुभएपनि सामाजिक बीमा प्रणालीमा भर्ना गर्दछ । त्यहाँ दुई प्रकारका सामाजिक बीमा प्रणालीहरू छन् । पहिलो स्वास्थ्य बीमा र दोस्रो पेन्सन बीमा प्रणाली ।
सामाजिक बीमा प्रिमियमको आधा रकम तपाइको कम्पनीले भुक्तान गरेको हुन्छ । सामाजिक बीमा प्रिमियमहरू कामदारहरुको मासिक तलबबाट कटौती गरिन्छ ।
पेन्सन र स्वास्थ्य प्रिमियमहरू 'आधारभूत तलब' को प्रतिशतको रूपमा गणना गरिन्छ ।
सामाजिक बीमा (स्वास्थ्य बीमा) को लागी योग्यता :
● निर्धारित काम गर्ने घण्टा प्रति हप्ता २० घण्टा वा बढी हुनुपर्छ
● फुल टाईम कर्मचारीहरुको मासिक ज्याला ८८,००० येन वा सोभन्दा बढी हुनुपर्छ
● विद्यार्थी हुनुहुदैन
● १०१ वा बढी कर्मचारीहरू भएको कम्पनी भएमा
राष्ट्रिय स्वास्थ्य बीमा भनेको के हो ?
राष्ट्रिय स्वास्थ्य बीमा सामाजिक बीमा वा अन्य चिकित्सा बीमा प्रणालीहरूमा नामांकन नगरिएका व्यक्तिहरू, जस्तै फ्रीलान्सरहरू, स्वरोजगार भएका व्यक्तिहरू, बेरोजगार व्यक्तिहरू र कम्पनीको लागि काम नगर्ने पेन्सनकर्ताहरूका लागि लक्षित बीमा प्रणाली हो ।
सामाजिक बीमा भन्दा फरक, राष्ट्रिय स्वास्थ्य बीमामा आश्रीत भिषा बाहक (डिपेण्डेन्ट)हरुको अवधारणा हुँदैन । त्यस कारण, यदि तपाई संग डिपेण्डेन्टहरु छन् भने, जति जना डिपेण्डेन्टहरु छन् त्यति नै संख्यामा राष्ट्रिय बिमा तिर्नु पर्ने हुन्छ । जति बढी आम्दानी हुन्छ त्यति नै बढी बिमाको रकम तिर्नुपर्ने हुन्छ । येसको विस्तृत जानकारी तपाईं बसिरहेको नगरपालिका वार्ड कार्यालयबाट लिन सक्नुहुन्छ ।
राष्ट्रिय स्वास्थ्य बीमाको लागि योग्यता :
● सामाजिक बीमा, वा चिकित्सा खर्च सहायता प्रणाली (medical expense assistance systems) जस्ता अन्य चिकित्सा बीमा प्रणालीहरू प्रयोग नगर्ने व्यक्तिहरु
सामाजिक बीमा र राष्ट्रिय स्वास्थ्य बीमा बीचको मुख्य भिन्नताहरू संक्षिप्त रुपमा सारांशमा यहाँ यल्लेख गरिएको छ।
सामाजिक बीमा
● व्यवस्थापन : जापान स्वास्थ्य बीमा संघ, स्वास्थ्य बीमा समाज
● बीमित व्यक्ति : व्यवसायिक फुल टाइम कर्मचारीहरू
● बीमा प्रिमियम भुक्तानी विधि : कम्पनी र कर्मचारीहरूद्वारा समान रूपमा भुक्तानी,
डिपेण्डेन्ट हुन्छ (श्रीमानको वार्षिक तलब भन्दा ५०% को कमाई श्रीमतीको छ भने, त्यसको खण्डमा थप बिमा रकम तिर्नु पर्दैन र यदि तलब बढी छ भने श्रीमतीको स्वास्थ्य बिमा छुट्टै तिर्नु पर्ने हुन्छ। यो स्थिथि अनुसार फरक हुन्छ।)
राष्ट्रिय स्वास्थ्य बीमा :
● व्यवस्थापन : नगरपालिका
● बीमित व्यक्ति : सामाजिक बीमामा नामांकन नभएका र सार्वजनिक सहायता प्राप्त नगर्नेहरू
● बीमा प्रिमियम भुक्तानी विधिस् व्यक्तिद्वारा पूर्ण भुक्तानी
● डिपेण्डेन्ट हुदैन (यो बिमा व्यक्तिगत रुपमा तिर्नु पर्ने हुनाले हरेक डिपेण्डेन्टहरुले आफ्नो बिमा आफैले तिर्नु पर्ने हुन्छ।)
के मैले स्वास्थ्य बिमा तिर्नु पर्छ र ?
हरेक जापानी वा गैर जापानीले यो स्वास्थ्य बिमा तिर्नै पर्ने हुन्छ । जापानमा चिकित्सा खर्च धेरै नै महँगो छ।
येदि तपाई भविस्यमा केहि कारणले बिरामी हुनुभयो र अस्पतालमा भर्ना गर्नु पर्यो वा केहि जाँच गराउनु पर्यो पर्ने, तपाइले केवल चेकजाँचमा उठेको रकमको ३० प्रतिशत मात्रै तिर्नु पर्ने हुन्छ । तर यदि स्वास्थ्य बिमा छैन भने शत प्रतिशत रकम तिर्नुपर्छ ।
स्वाथ्य बिमा नतिरेको खण्डमा बिदेशीहरुलाई भिसाको स्तिथिमा नकारात्मक प्रभाव पनि पर्न सक्छ ।
यदि तपाई फुल टाईम कर्मचारी कम्पनी वर्कर हुनुहुन्छ भने तपाइको कर्मचारी सम्झौतामा उल्लेखित गरेको हुन्छ कि तपाईको तर्फबाट कम्पनीले सामाजिक बिमा रकम तिरीदिन्छ भनेर । त्यसैले कम्पनीमा काम सुरु गर्नु अगाडी हरेक व्यक्तिहरुले आफ्नो कर्मचारी सम्झौतापत्र पढ्नु जरूरी छ ।
यदि सम्झौतामा उल्लेख गरेको छैन भने, आफ्नो कम्पनीलाई यसको बारेमा काम सुरु गर्नु अघिनै वा पछि थाहा भएमा जतिसक्दो छिटो सोधेर कुरा स्पष्ट पार्नुहोला । यदि पार्ट टाईम कर्मचारी हुनुहुन्छ भने तपाइले आफ्नो नजिकको कुयाकुस्यो अथवा सियाकुस्योमा गएर आफुले तिर्नु पर्ने रकमकोबारे सोधपुछ गरेर हरेक महिनामा तिर्नु पर्ने हुन्छ ।
पेन्सन रकम फिर्ता जसरी, स्वास्थ्य बिमाको रकम भने फिर्ता हुदैन । अर्थात् यो रकम बिरामी भए उपचारमा छुट हुन्छ नभए तिर्ने मात्र हो ।
फुल टाईम कर्मचारीहरूले सामाजिक स्वास्थ्य बीमामा भुक्तानी गरेको पेन्सनको रकम फिर्ता गर्न सकिन्छ । फिर्ता प्रक्रियाको लागि, कृपया नगरपालिका कार्यालयको नेन्किन शाखाहरुमा सम्पर्क गर्न सक्नुहुन्छ ।
...
थप जानकारी आवश्यक परेमा नेन्किनसेवामा पनि सम्पर्क गर्नसक्नुहुनेछ ।
फोन नं.: +९७७ ९८४७६९१६४२
वेबसाइट : Nenkinsewa.com