(Japan) 27 th June | 2026 | Saturday | 12:28:25 PM || (Nepal) 9:13:25 AM
 
 

नेपालबाट जापान आउने सबैको लागि २७ तारिखबाट नयाँ नियम, जापानको पीसीआर र क्वारिन्टिन नियम हट्यो

  POSTED ON : Friday, 22 July, 2022 | Views : 8092

नेपालबाट जापान आउने सबैको लागि २७ तारिखबाट नयाँ नियम, जापानको पीसीआर र क्वारिन्टिन नियम हट्यो


टोकियो, जापान ।

जापानले यहि जुलाई २७ तारिखबाट नेपालबाट आउने ब्यक्तिको लागि बिमानस्थलमा गरिने पीसीआर परीक्षण र घरमा बस्नुपर्ने क्वारिन्टिन नियम हटाउने भएको छ ।

नयाँ नियम अनुसार जापानले कोरोना भाइरस बिरुद्वको तेस्रो मात्रा खोप नलगाएता पनि एयरपोर्टमा कोरोना परिक्षण गर्नुपर्ने छैन, साथै ‘होम क्वारिन्टिन’ को ब्यवस्था पनि हटाउने निर्णय गरेको छ ।

यस अघि नेपाललाई कोभिड संक्रमन अवस्थाको पहेलो ‘क्याटेगोरी’मा राखिएको थियो भने, २७ तारिकबाट जापानले निलो ‘क्याटेगोरि’मा राख्ने भएको छ ।

हाल नेपालबाट जापान प्रबेश गर्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नकारात्मक रिपोर्ट चाहिने नियम भने परिवर्तन भएको छैन । यसको अर्थ जुलाई २७ पछी पनि नेपालबाट आउने सबै ब्यक्तिले अनिवार्य रुपमा जापान प्रबेश गर्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षणको नकारात्मक रिपोर्ट साथमा लेराउनुपर्नेछ ।