(Japan) 27 th June | 2026 | Saturday | 12:24:38 PM || (Nepal) 9:09:38 AM
 
 

जापानी पासपोर्ट २०२२ को लागि संसारको सबैभन्दा शक्तिशाली, नेपाल खराबमा अन्तिम सातौं

Gokarna Adhikari   POSTED ON : Wednesday, 20 July, 2022 | Views : 4378

जापानी पासपोर्ट २०२२ को लागि संसारको सबैभन्दा शक्तिशाली, नेपाल खराबमा अन्तिम सातौं


टोकियो, जापान ।

लन्डन स्थित विश्वव्यापी नागरिकता र निवास सम्वन्धि जानकारी प्रदान गर्ने फर्म हेन्ले एन्ड पार्टनर्सद्वारा जारी गरिएको नयाँ त्रैमासिक प्रतिवेदन अनुसार एशियाली राहदानीहरूले कुनै पनि अन्य देशहरूको भन्दा बढी विश्वव्यापी यात्रा स्वतन्त्रता प्राप्त गरेको देखाएको छ ।

जसमा जापान पहिलो नम्वरमा पर्न सफल भएको छ । जापानले आफ्ना नागरिकहरूलाई भिसा मुक्त वा 'भिसा-अन-डिमाण्ड' पहुँच प्रदान गर्न सिंगापुर र दक्षिण कोरियालाई उछिनेको छ । जुन अन्य दुई देशहरु १९२ देशमा स्वतन्त्र यात्रा गर्न पाउँदा जापानी पासपोर्ट बाहकले विश्वका १९३ गन्तव्यहरूमा यात्रा गर्न पाउछन् ।

यद्यपि, कोविड १९ लाई एशियाको बढी सतर्क प्रतिक्रियाको कारण ती नागरिकहरूले हाल युरोप वा अमेरिकाका मानिसहरूको तुलनामा त्यो यात्रा स्वतन्त्रताको प्रयोग गर्ने सम्भावना कम देखिन्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात संघ आएटाको पछिल्लो तथ्याङ्क अनुसार एशिया प्रशान्त क्षेत्रमा हवाई यात्राको लागि अन्तर्राष्ट्रिय यात्रुको माग प्रि कोविड स्तरको पाँचौं भन्दा कम रहेको छ ।

तुलनात्मक रूपमा, हेन्ले पासपोर्ट इन्डेक्स रिपोर्टले युरोप र उत्तर अमेरिकाका बजारहरू तिनीहरूको अघिल्लो यात्रा गतिशीलता स्तरको लगभग ६० प्रतिशत पहिलेकै अवस्थामा रहेको जनाएको छ ।


शिर्ष स्थानमा युरोपेली देशहरु नै हावी

एशियाली शीर्ष तीन देश र युरोपेली देशहरूको एक समुह शक्तिशाली पासपोर्टको शीर्ष स्थानमा रहन सफल भएका छन् । जर्मनी र स्पेन १९० गन्तव्यमा बाँधिएका छन् भने फिनल्यान्ड, इटाली, लक्जमबर्ग १८९ गन्तव्यमा यात्रा गर्न सक्ने सहज पासपोर्टको शिर्ष तालिकामा छन् ।

त्यसपछि अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन पाँचौं स्थानमा छन् भने फ्रान्स, आयरल्यान्ड, पोर्चुगल र बेलायत छैठौंमा छन् ।

न्युजिल्यान्ड र अमेरिकाले बेल्जियम, नर्वे र स्विट्जरल्याण्डसँगै सातौं स्थानलाई साझेदारी गरेका छन् ।


अफगानिस्तान सर्वाधिक खराब, नेपाल अन्तिम सातौं

अफगानिस्तानका नागरिकहरू फेरि एकपटक सूचकांकको तल्लो तहमा रहेका छन् । उनीहरूले अग्रिम भिसाको आवश्यकता बिना मात्र २७ देशहरूमा पहुँच राख्न सक्छन्।

यद्यपि, यात्रा प्रतिबन्धहरू सहज भएसँगै, निम्न श्रेणीका राहदानीहरूले प्रभाव पुन प्राप्त गर्न थालेको आशाजनक संकेतहरू देखाएका छन् ।

भारतीय राहदानी बाहकले कोभिड पूर्वको अवस्थामा जस्तै फेरी ५७ देशमा पहुँच राख्न सक्ने भएका छन् । सन् २०२० मा ईण्डियन पासपोर्ट २३ देशमा पहुँच राख्न सक्ने अवस्थामा झरेको थियो ।

युक्रेनको आक्रमणका कारण रुसी राहदानी बाहकहरु पहिलेको तुलनामा बाँकी विश्वबाट धेरै तल धकेलिएका छन् ।

रूसी राहदानी हाल ५०औँ स्थानमा रहेको छ । भिसा मुक्त वा भिसा रहित आगमन स्कोर ११९ रहँदा रुसी नागरिकहरु युक्रेनसँगको द्धन्द्धको हालको अवस्थामा ती धेरै गन्तव्यहरूमा पहुँच गर्न प्रतिबन्धित गरिएका छन् ।


जुलाई २०२२ मा उत्कृष्ट राहदानीहरू निम्न हुन्

१. जापान १९३ गन्तव्यहरू

२. सिंगापुर, दक्षिण कोरिया १९२ गन्तव्यहरू

३. जर्मनी, स्पेन १९० गन्तव्यहरू

४. फिनल्याण्ड, इटाली, लक्जमबर्ग १८९ गन्तव्यहरू

५. अस्ट्रिया, डेनमार्क, नेदरल्याण्ड, स्वीडेन १८८ गन्तव्यहरू

६. फ्रान्स, आयरल्याण्ड, पोर्चुगल, बेलायत १८७ गन्तव्यहरू

७. बेल्जियम, न्यूजील्याण्ड, नर्वे, स्विट्जरल्याण्ड, अमेरिका १८६ गन्तव्यहरू

८. अष्ट्रेलिया, क्यानडा, चेक गणतन्त्र, ग्रीस, माल्टा १८५ गन्तव्यहरू

९. हंगेरी १८३ गन्तव्यहरू

१०. लिथुआनिया, पोल्याण्ड, स्लोभाकिया १८२ गन्तव्यहरू


जुलाई २०२२ मा सबैभन्दा खराब पासपोर्टहरू

संसारका धेरै देशहरू अर्थात् ४० वा कम देशहरूमा भिसा मुक्त वा भिसा अन अराइभल पहुँच भएका देशहरु

१०५. उत्तर कोरिया ४० गन्तव्यहरू

१०६. नेपाल, प्यालेस्टाइन ३८ गन्तव्यहरू

१०७. सोमालिया ३५ गन्तव्यहरू

१०८. यमन ३४ गन्तव्यहरू

१०९. पाकिस्तान ३२ गन्तव्यहरू

११०. सिरिया ३० गन्तव्यहरू

१११. इराक २९ गन्तव्यहरू

११२. अफगानिस्तान २७ गन्तव्यहरू


हेन्ले एण्ड पार्टनरको सूची वित्तीय फर्महरूले आफ्ना नागरिकहरूलाई प्रदान गर्ने पहुँचका आधारमा विश्वव्यापी राहदानीहरू क्रमबद्ध गर्नका लागि सिर्जना गरिएका धेरै सूचकांकहरू मध्ये एक हो ।

हेन्ली राहदानी सूचकांकले १९९ देशका राहदानीहरूलाई उनीहरूको धारकहरूले पूर्व भिसा बिना पहुँच गर्न सक्ने गन्तव्यहरूको संख्याको आधारमा स्थान दिन्छ । यो वर्षभरि वास्तविक समयमा अद्यावधिक हुन्छ, साथै भिसा नीति परिवर्तनहरू प्रभावमा रहँदा गरिन्छन् ।