(Japan) 27 th June | 2026 | Saturday | 12:28:16 PM || (Nepal) 9:13:16 AM
 
 

आजबाट दैनिक २० हजार व्यक्तिले जापान प्रवेश पाउने

  POSTED ON : Wednesday, 01 June, 2022 | Views : 2968

आजबाट दैनिक २० हजार व्यक्तिले जापान प्रवेश पाउने


टोकियो, जापान ।

जापान सरकारले आज अर्थात् जुन १ तारिखबाट विदेशबाट दैनिक रुपमा आउने यात्रुको संख्यामा लगाएको सीमा बढाएर २० हजारमा पुर्याएको छ । यस अघि १० हजार रहेको सीमालाई बुधबारदेखि जापानले दोब्बर बनाएको हो ।

जापानले मार्च १ यता बिदेशी प्रवेशको संखयामा गरेको यो चौथो वृद्धि हो । मार्चका शुरुमा पयर्टक बाहेक अन्य विदेशी आगन्तुकहरुको लागि सीमा खुला गरिएको थियो । सोही दिन देखि दैनिक आगन्तुकको संख्यामा लगाइएको सिमा पनि ३ हजार ५०० बाट बढाएर ५ हजार पुर्याइएको थियो ।

मार्च १४ मा यो सीमा बढाएर ७ हजारमा पुर्याइयो । क्वारन्टिन नियन्त्रण लगायत संक्रमण विरोधी उपायहरु बढाइएपछि अप्रिल १० मा दैनिक रुपमा १० हजार यात्रीलाई प्रवेश गराइयो । जापान र विश्वमा संक्रमणको अवस्था हेरेर दैनिक सीमा बढाइएको हो ।

क्वारिन्टिन सम्बन्धी उपायहरु पनि खुकुलो पारिएको छ । जोखिम तत्वका आधारमा देश तथा क्षेत्रहरुलाई तीन श्रेणीमा विभाजन गरिएको छ । ९८ देश तथा क्षेत्रबाट आउने यात्रीलाई कम जोखिम समूहमा राखेर कोभिड विरुद्धको खोप नै नलगाएको भएपनि भाइरस परीक्षण र सेल्फ क्वारन्टिन छूट दिइएको छ ।

९९ देश तथा क्षेत्रलाई मध्यम जोखिम समूह राखिएको छ । यी देश तथा क्षेत्रबाट आउनेलाई पनि कोभिड विरुद्धको खोप लगाइएको छ भने भाइरस परीक्षण र सेल्फ क्वारन्टिन छूट छ । जापानले २ वर्षमा पहिलो पटक विदेशी पयर्टकहरुलाई स्वीकार गर्न थाल्ने योजना बनाएको छ ।

न्यून जोखिम भएका समूहमा रहेका देश तथा क्षेत्रबाट टूर प्याकेजमा आउने पयर्टक स्वीकार गरिनेछ । संक्रमणको अवस्था हेरेर सरकारले नियन्त्रण थप खुकुलो बनाउने छ ।