(Japan) 17 th February | 2025 | Monday | 10:56:01 AM || (Nepal) 7:41:01 AM
 
 


जापानी कम्पनीको रकेट प्रक्षेपण असफल

  POSTED ON : Wednesday, 18 December, 2024 | Views : 448

जापानी कम्पनीको रकेट प्रक्षेपण असफल


टोकियो, जापान ।

निजी जापानी कम्पनी स्पेस वनले आफ्नो काइरोस रकेट प्रक्षेपण गर्ने दोस्रो प्रयास पनि असफल भएको जनाएको छ । रकेट जमिनबाट उडेपछि केहि गडबड देखिएको र रकेटलाई आकासमै नष्ट गरिएको कम्पनीले जनाएको छ ।

काइरोस रकेट पश्चिमी जापानको वाकायामा प्रिफेक्चरमा सफलता पूर्वक जमिनबाट उठेको थियो । तर रकेटले केही समय पछि कठिनाइको सामना गरेपछ त्यसलाई रद्द गर्न बाध्य भएको कम्पनीले जनाएको छ ।

काइरोस एउटा सानो, ठोस इन्धन भएको रकेट हो जसलाई कम लागतमा अन्तरिक्षमा लैजानको लागि डिजाइन गरिएको छ । यो एउटा रकेटले पाँचवटा साना उपग्रह बोकेको थियो ।

यो दोस्रो पटक स्पेस वनको काइरोस रकेट असफल भएको हो । अघिल्लो रकेट मार्चमा लिफ्ट अफ पछि बिस्फोट भएको थियो । कम्पनीले पछिल्लो असफलताको कारण खोजिरहेको जनाएको छ ।