टोकियो, जापान ।
जापानमा अब प्राकृतिक तथा अन्य विपदहरुमा पनि मोबाइल नेटवर्कको समस्या नआउने भएको छ । यहाँको अग्रणी दूरसञ्चार कम्पनीसफ्टबैंकले विपद्को समयमा नेटवर्क कभरेजका लागि 'एयरशिप' प्रयोग गर्ने भएको छ ।
जापानी दूरसञ्चार कम्पनी सफ्टबैंकले सन् २०२७ देखि विपद्को समयमा सञ्चार सेवा पुर्याउन उच्च उचाइमा उड्ने एयरशिप (High Altitude Platform Stations - HAPS) को प्रयोग गर्ने योजना सार्वजनिक गरेको छ ।
यो प्रविधि प्रयोगपछि भूकम्प, बाढीजस्ता प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रहरूमा पनि मोबाइल नेटवर्कमा कुनै समस्या आउनेछैन । कम्पनीले यसका लागि अमेरिकी एयरोस्पेस कम्पनी Sceye सँग सहकार्य गरेको र २०२६ मा जापानमा सेवा थालनी गर्ने कम्पनीले जनाएको छ ।
बाढि, पहिरो, ताईफु देखि सुनामी, भूकम्प एवं ज्वालामुखि जस्ता अनेक प्राकृतिक प्रकोपको चपेटामा परिरहने जापानमा यो प्रविधि लागू भएमा त्यस्ता बिपदहरुमा प्रभावित क्षेत्रका नागरिकहरुले सहजरुपमा सूचना पाउनसक्ने, उद्दार तथा अन्य विपद रोकथाममा प्रभावकारी कदम चाल्न सकिने ठानिएको छ ।