(Japan) 15 th January | 2025 | Wednesday | 5:43:16 PM || (Nepal) 2:28:16 PM
 
 


अब रेल स्टेशनमा 'सुईका टच' गर्नु नपर्ने ! 'अटो स्क्यान' प्रणाली आउँदै

  POSTED ON : Thursday, 12 December, 2024 | Views : 1078

अब रेल स्टेशनमा 'सुईका टच' गर्नु नपर्ने ! 'अटो स्क्यान' प्रणाली आउँदै


टोकियो, जापान ।

पूर्वी जापान रेलवे कम्पनी (जेआर ईस्ट) ले सुइका (रेल यात्राका लागि प्रयोग गरिने  प्रिपेड कार्ड भुक्तानी) प्रणालीलाई थप अत्याधुनिक बनाउने तयारी गरेको छ ।

हरेक पटक मेसिनबाट टिकट किन्नुको सट्टा, यसलाई 'मेकानाइज्ड टिकट गेट'बाट 'टच' गरेर जाने प्रणाली लागू गरेको जेआरले तपाईंको कार्डलाई विस्थापित गर्दै मोबाइल वा अनलाईनको माध्यमबाट स्मार्ट घडिहरुबाट समेत भुक्तान गर्नसक्ने अत्याधुनिक प्रणाली अपनाइरहेको छ ।

डिसेम्बर १० मा रेल स्टेशनको प्लेटफर्मको भविष्यको बारेमा जेआर ईष्टले सुइका प्रयोगकर्ताहरूका लागि 'वाक थ्रु गेट् ट्रान्जिसन' गर्ने प्रणाली तयार पार्दै गरेको जनाएको छ । यसको अर्थ अब तपाईंले कुनै पनि मेसिनमा सुइका टच वा स्क्यान गर्नुपर्दैन । तपाईंको खल्ती, झोला आदिमा भएको सुइकालाई मेसिनले अटो स्क्यान गरेर ढोका खोलिदिनेछ । मात्र पर्याप्त रकम वा टिकट खरिद गरेको हुनुपर्यो ।

वाक थ्रु गेटहरू राख्ने कुनै सही समयतालिका छैन, तर जेआर ईष्टले आगामी १० वर्षभित्रमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

कम्पनीले यात्रुहरुको भुक्तान गणना गर्न यात्रुहरूको स्थान डेटा प्रयोग गर्ने, सुइका एप प्रयोगकर्ताहरूको फोनबाट जिपिएस सिग्नल प्रयोग गरेर तिनीहरू ट्रेनमा कहाँ पुगे र त्यसपछि रेल नेटवर्कबाट बाहिर निस्किए जस्ता तथ्यांक समेत राख्नसक्नेछ ।

अन्य योजनाबद्ध नयाँ सुविधाहरूमा तपाईंको सुइका एप खातालाई हालको अधिकतम २०,००० येन बाट बढाईंदै छ । यस बाहेक सुइकामा क्रेडिटकार्ड समावेश गराउनुभएमा रिचार्ज नगरिपनि तपार्ई यात्रा गर्न सक्नुहुन्छ । यसरी लागेको रकम अटोमेटिक रुपमा क्रेडिटकार्डबाट कटौति हुनेछ । यस बाहेक पनि सुइकाबाट अन्य आफ्नो खाताहरुमा रकम स्थानान्तरणको सुविधा पनि थप गरिन लागिएको कम्पनीले जानकारी गराएको छ । यो सन् २०२७ भित्र लागू गर्ने जेआर ईष्टको योजना छ ।