ओसाका, जापान ।
तपाई समाचारको शिर्षक पढेर अचम्मित पर्नुभयो होला । पत्यार पनि नलाग्ला । तर सत्य यहि हो कि जापानको एउटा होटेलले रातको मात्र ३९० येनमा एउटा कोठानै दिईरहेको छ ।
खवर हो ओसाका शहरको । ओसाकाको एक होटलले ३९० येन ९३ डलर ७५ सेन्ट०मा एक रातका लागि एउटा कोठा दिइरहेको छ । यो होटल त्यति अप्ठ्यारो ठाउँमा छैन । शिन–इमामिया स्टेशनको नजिकै रहेको छ । सार्वजनिक यातायातका साधनमा चढेर जान सकिन्छ ।
होटलको ‘फोकस’ नै विलासिता भन्दा पनि सुपथतामा छ । यसको अर्थ यहाँको बसाई आगन्तुकका लागि रमाइलो हुँदैन भन्ने तपाईले सोच्न सक्नु हुन्छ । तर होटलको नीति नै यस मुल्यमा पाइने अपेक्षा गरेभन्दा निकै धेरै भन्ने रहेको छ ।
पछिल्लो कोरोना भाइरसको महामारीले समस्यामा अन्य व्यवसाय झैं होटल उद्योग पनि परेका छन् । धेरैजसो होटलको मूल्य स्थिर नै छन् । तर आगन्तुक नै नआउनु भन्दा त मूल्य कम गरेरै भएपनि ग्राहक तान्नु पनि त ठिकै हो । त्यसैले सनप्लाजाले एक रातका लागि बस्न आउनेलाई ३९० येनमै कोठा दिएको हो ।
होटलले २ हजार येनको नियमित दरमा पनि मोलमोलाई गर्नेछ । होटलमा कोठाको दर ३९० येन नै किन त रु जापानीमा ३ र ९ लाई सान र क्यु भनिन्छ । यसलाई एकै ठाउँ राख्दा भने त्यसको अर्थ सान्क्यु अर्थात् धन्यवाद भन्ने हुन्छ ।
छूट पाउनका लागि तपाईले माथि चित्र दिइएको ट्विट रिट्विट गर्नु पर्छ । अनि होटलमा चेक – इन गर्ने ठाउँमा बसेको रिसेप्शनिष्टलाई फोनबाट रिट्विट देखाउनु पर्छ । रिजर्भेशन पनि गर्नु पर्दैन । रिट्विट देखाएरै सस्तोमा बस्न पाउनु हुन्छ ।
सनप्लाजाले मासिक २४ हजार येनमा ३० रात बसाईको अफर पनि दिइरहेको छ । यो शुल्क अति नै सस्तो भएको भने एकजनाले ट्विटरमा कमेन्ट गरेका थिए । यस्ता कमेन्टहरुलाई वेवास्ता गर्दै होटलले ने सबै ग्राहकहरुको कदर गर्दै यो अफर ल्याएको बताएको छ । यो अफर फेब्रुअरी २८ सम्म मात्रै छ ।