(Japan) 12 th June | 2026 | Friday | 10:14:29 AM || (Nepal) 6:59:29 AM
 
 

जापानमा उपभोक्ताको खर्च २० बर्षपछिकै न्यून

Sangita Bhatta   POSTED ON : Friday, 05 June, 2020 | Views : 4920

जापानमा उपभोक्ताको खर्च २० बर्षपछिकै न्यून


टोकियो, जापान ।

सन् २००१ यता जापानी उपभोक्ताको खर्च गत अप्रिल महिनामा न्यून स्तरमा झरेको छ ।

सन् २०१९ को तुलनामा यस बर्षको अप्रिल महिनामा जापानी उपभोक्ताको खर्च ११.१ प्रतिशतले घटेको हो ।

नयाँ कोरोना भाइरसको आर्थिक प्रभाव स्वरुप उपभोक्ताको आम्दानी घटेसँगै खर्च समेत गिरावट आएको हो ।

आन्तरिक मामिला र सञ्चार मन्त्रालयले गरेको एक सर्वेक्षण अनुसार व्यक्तिगत खपतमा आएको यो कमी सन् २००१ यताकै सबैभन्दा ठूलो हो ।

उपभोक्ताको खर्चमा कमीले अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने मुख्य क्याबिनेट सचिव योशिहिदे सुगाले मन्त्रिपरिषद्को बैठकपछि पत्रकार सम्मेलनमा बताएको एनएचके समाचार संस्थाले खवर प्रकाशित गरेको छ ।

सुगाले भनेका छन् "नयाँ कोरोना भाइरसले व्यक्तिगत उपभोग लगायत अर्थव्यवस्थामा गम्भीर प्रभाव पारेको छ । दैनिक आर्थिक क्रियाकलापहरू पुन सुचारु गर्नु आवश्यक छ । सरकारले जनताको जीवन र रोजगारीलाई प्राथमिकता दिएको छ । व्यापार जारी राख्नुहोस, हामी '२३० ट्रिलियन' पुरक बजेट मार्फत सबै सम्भावित उपायहरू अपनाएर उपभोक्ता, रोजगार र व्यवसाय संरक्षण गर्नेछौं ।"