(Japan) 10 th May | 2026 | Sunday | 11:47:10 AM || (Nepal) 8:32:10 AM
 
 


टोकियोको आकिहाबरामा येहे रेमिटको नयाँ कार्यालय उद्घाटन, नेपाली समुदायलाई सहज र सुरक्षित सेवा दिने प्रतिबद्धता

  POSTED ON : Sunday, 10 May, 2026 | Views : 176

टोकियोको आकिहाबरामा येहे रेमिटको नयाँ कार्यालय उद्घाटन, नेपाली समुदायलाई सहज र सुरक्षित सेवा दिने प्रतिबद्धता


टोकियो, जापान ।

येहे रेमिटले टोकियोको व्यस्त व्यावसायिक क्षेत्र आकिहाबारामा आफ्नो नयाँ कार्यालयको औपचारिक उद्घाटन गरेको छ । जापानमा बढ्दो नेपाली समुदायलाई लक्षित गर्दै सञ्चालन विस्तार गरेको कम्पनीले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध गराउने उद्देश्यसहित नयाँ कार्यालय स्थापना गरेको जनाएको छ ।


मे ९ तारिख शनिबार आयोजित उद्घाटन कार्यक्रममा एनआरएनए सहित जापानस्थित विभिन्न नेपाली संघ–संस्था, व्यवसायी, समाजसेवी तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले जापानमा रहेका नेपालीहरूका लागि विश्वासिलो रेमिट्यान्स सेवाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको धारणा व्यक्त गरेका थिए।


कम्पनीका कार्यकारी प्रमुख नविन निउरेले विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो मेहनतको कमाइ सुरक्षित रूपमा नेपाल पठाउन सकून् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको बताउनुभयो। उहाँका अनुसार येहे रेमिटले आधुनिक डिजिटल प्रणालीमार्फत छिटो र सहज सेवा प्रदान गर्ने योजना अघि बढाएको छ । साथै ग्राहकको रकम सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको पनि उहाँले उल्लेख गर्नुभयो ।


कम्पनीका अनुसार येहे रेमिट जापानमा सन् २००७ देखि सञ्चालनमा रहेको Yehey Remit अन्तर्गतको सेवा हो, जसले जापानबाट नेपालसहित विभिन्न देशमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ। कम्पनीले मोबाइल एपमार्फत रकम पठाउने, रियल–टाइम रेट हेर्ने तथा डिजिटल रूपमा सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।


येहे रेमिटमा कार्यकारी प्रमुख नविन निउरेसहित सफल युवा व्यवसायीहरू सुभास लामिछाने, सुरेशचन्द्र उपाध्याय, मनोज दाहाल, विशाल शर्मा, नारायण सापकोटा, जीवन क्षेत्री तथा मुक्तिराज रेग्मी डाइरेक्टरका रूपमा आबद्ध रहेको जानकारी दिइएको छ।


हाल जापानमा नेपालीहरूको संख्या तीव्र रूपमा बढिरहेको विभिन्न सामुदायिक संस्थाहरूले जनाउँदै आएका छन् । जापान सरकारको तथ्यांक अनुसार जापानमा करिब एक तीन लाख भन्दा बढि नेपालीहरूको बसोबास रहेको छ भने राजधानी टोकियो आसपास मात्र १ लाख नेपालीको बसोबास रहेको अनुमान गरिएको छ। यस्तो अवस्थामा सुरक्षित, डिजिटल र सहज रेमिट्यान्स सेवाप्रति नेपाली समुदायको आकर्षण बढ्दै गएको देखिन्छ।


विशेषगरी अध्ययन, रोजगारी तथा व्यवसायका लागि जापान आएका नेपालीहरूका लागि बैंकिङ प्रक्रिया, भाषा तथा समय व्यवस्थापनका कारण रेमिट्यान्स सेवा छनोट महत्वपूर्ण विषय बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै येहे रेमिटले आकिहाबारास्थित नयाँ कार्यालय मार्फत प्रत्यक्ष ग्राहक सेवा, परामर्श तथा डिजिटल सहयोगलाई अझ प्रभावकारी बनाउने जनाएको छ।


कम्पनीले आगामी दिनमा जापानका अन्य सहरहरूमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।