टोकियो, जापान ।
उत्पादनमा आएको कमि र माग यथावत वा बृद्धिका कारण जापानमा बन्दाकोपीको आयातमा बृद्धि जारी रहेको छ । तथ्यांक अनुसार गत मार्चमा आयात गरिएको बन्दाकोपीको परिणाम घरेलु ढुवानीमा गिरावट आएको कारणले गत वर्षको सोही महिनाको तुलनामा ४७ गुणाले बढेको छ ।
अर्थ मन्त्रालयले २५ तारिखमा जारी गरेको वस्तु अनुसारको व्यापार तथ्याङ्क अनुसार, जापानमा आयात गरिएको बन्दाकोपीको मात्रा १८,१७० टन थियो, जुन गत वर्षको सोही महिनाको भन्दा ४७.६ गुणाले बढि हो ।
तुलनात्मक तथ्याङ्क उपलब्ध भएदेखि २००८ पछि बन्दाकोपीको आयात यो दोस्रो उच्च मात्रामा हो ।
यस वर्षको जनवरीदेखि, आयात गरिएको बन्दाकोपीको मात्रा गत वर्षको सोही महिनाको भन्दा ४० गुणा बढी भएको छ ।
व्यवसायहरूले यस जाडोमा खराब मौसमका कारण घरेलु बन्दाकोपीको ढुवानीमा कमी आएको कारणले आवश्यक पर्ने बन्दाकोपीको मात्रा आयात गरेर आफ्नो आवश्यकता पूरा गर्ने प्रयास जारी राखेका छन् ।
आयात स्रोतलाई हेर्दा सबैभन्दा बढि चीनबाट १६,१२६ टन जापान भित्रिएको छ । यो कुल आयातको ८८ प्रतिशत हो । त्यसपछि ताइवान १,३४७ टन र भियतनाम ५६८ टन रहेको छ ।
यसका साथै, गत वर्ष आयात गरिएको बन्दाकोपीको मात्रा ७१,४०० टनभन्दा बढी थियो, जुन २०१७ पछि दोस्रो उच्च हो ।
कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका अनुसार हाल जापानमा बन्दागोवीको उत्पादन बढ्ने क्रममा रहेको छ । खेतिमा बृद्धि र उत्पादनको समय नजिकिएकाले भविष्यमा आयात घट्ने र मूल्य सामान्य घट्ने वा स्थित रहनेछ ।