(Japan) 17 th February | 2025 | Monday | 11:10:15 AM || (Nepal) 7:55:15 AM
 
 


क्योतोमा २०२६ देखि एक सातकै १०,००० येनसम्म पर्यटकहरुको लागि ट्याक्स बढ्ने

  POSTED ON : Thursday, 09 January, 2025 | Views : 190

क्योतोमा २०२६ देखि एक सातकै १०,००० येनसम्म पर्यटकहरुको लागि ट्याक्स बढ्ने


टोकियो, जापान ।

क्योटो नगरपालिकाका अधिकारीहरूले होटल र अन्य आवासको लागि आवास कर प्रति व्यक्ति प्रति रात हालको १,००० येन सीमाबाट बढाएर अधिकतम १०,००० येन पुर्याउने योजना सार्वजनिक गरेका छन् ।

शहरमा अत्यधिक पर्यट बृद्धि भइरहेको भन्दै अधिकारीहरले निश्चित शुल्क प्रणाली अपनाउने योजना बनाएका हुन् ।

यदि यो नियम लागू भएमा जापानी नगरपालिकाहरूमध्ये सबैभन्दा बढी रकम लागू गर्नेमा क्योतो पहिलो शहर हुनेछ ।

शहरले २०१८ मा बहुस्तरीय आवास कर प्रणाली लागू गरेको थियो । हाल आगन्तुकहरूले प्रति व्यक्ति प्रति रात २०,००० येन भन्दा कम खर्च लाग्ने बसाइको लागि २०० येन, प्रति रात २०,००० येन देखि ५०,००० येन भन्दा कम खर्च हुने बसाइको लागि ५०० येन, र प्रति रात ५०,००० येन वा सोभन्दा बढी खर्च हुने आवासको लागि १,००० येन तिर्छन् ।

नयाँ प्रणाली अन्तर्गत, दरहरूलाई पाँच तहमा विभाजन गरिनेछ, जसमा प्रति रात १००,००० येन वा सोभन्दा बढी लागतको आवासको लागि प्रति रात १०,००० येन उच्चतम रकम हुनेछ। शहरले २०२६ को वसन्तमा नयाँ करहरू लागू गर्ने लक्ष्य राखेको छ।


न्यूनतम २०० येन अपरिवर्तित रहनेछ, तर सीमालाई प्रति रात २०,००० येन भन्दा कमबाट घटाएर ६,००० येन प्रति रात भन्दा कम गरिनेछ ।

नयाँ प्रणालीले आर्थिक वर्ष २०२३ मा आवास करबाट शहरको राजस्व लगभग ५.२ अर्ब येनबाट १० अर्ब येन वा सोभन्दा बढीमा बढाउने अपेक्षा गरिएको छ ।

विदेशी आगन्तुकहरूको बृद्धिको बीचमा शहर अत्यधिक पर्यटनसँग जुधिरहेको छ । मेयर कोजी मात्सुईले ूपर्यटन र स्थानीय बासिन्दाहरूको जीविकोपार्जन सन्तुलन गर्न करहरू बढाइने यसअघिनै बताएका थिए ।

मन्त्रालयका अनुसार, जापानका ११ नगरपालिकाहरूमा आवास कर प्रणालीहरू लागू गरिएको छ ।