(Japan) 17 th April | 2026 | Friday | 10:34:17 PM || (Nepal) 7:19:17 PM
 
 


सिन्जोउ म्युजिकल नाईटमा दुर्गेस, अमृता र मायाँले नचाउँदा, कुमारले पेट मिचिमिचि हँसाए (भिडियो सहित)

  POSTED ON : Tuesday, 20 March, 2018 | Views : 6725

सिन्जोउ म्युजिकल नाईटमा दुर्गेस, अमृता र मायाँले नचाउँदा, कुमारले पेट मिचिमिचि हँसाए (भिडियो सहित)


टोकियो ।
राजधानी टोकियोमा सम्पन्न सिन्जोउ म्यूजिकल नाईट २०१८ भव्य रुपमा सफल भएको छ ।

नेपालबाट लोकप्रिय लोक तथा पप गायक दुर्गेस थापासँगै गायिका अमृता लिम्बु एवं नायिका तथा गायिका माया गुरुगंको सुमधुर गितसँगै टोकियोवासी नेपालीहरुले भव्य मनोरञ्जन लिएका छन् ।


मार्च १८ तारिखमा टोकियो स्थित नाकानो जेरो हलमा भएको म्यूजिकल लाईटमा गायक दूर्गेसले देश प्रेमको गितबाट आफ्नो प्रस्तुती सुरु गर्दै आफ्ना लोकप्रिय गितहरु गाएर उपस्थित दर्शकहरुलाई स्टेजमा आएर नाच्न बाध्य बनाएका थिए ।



स्जेटनै खचाखच हुनेगरि दर्शकहरु स्टेजमा आएर दुर्गेससँगै उनको गितमा साथ दिएर नाचेका थिए ।

 

 यसैगरि गायिका अमृता र माया गुरुगंको सुमधुर गितमा नृत्यसँगै गितको आनन्द लिएर झुमेका दर्शकहरुले गायिका द्धयको प्रस्तुती र गलाको खुलेर प्रशंसा गरेका थिए ।


लोकप्रिय हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा नेवारी युवाको भूमिकामा फर्सी नामले लोकप्रिय बनेका हांस्य कलाकार कुमार श्रेष्ठले उपस्थित दर्शकहरुलाई आफ्नो कला मार्फत हँसाएका थिए ।



देश प्रेमको भावनासँगै विभिन्न हांस्य प्रस्तुती दिएका कुमारको प्रस्तुतीमा हलनै हाँसोले गुञ्जायमान भएको थियो ।

कार्यक्रममा प्रियंका कार्की र संगिता थापाले विभिन्न लोकप्रिय नेपाली तथा केही हिन्दी गितहरुमा नृत्य गरेर मनोरञ्जन दिलाएका थिए ।




यसैबिच पूर्बी नेपाल बिकास सहकार्य केन्द्र जापान र किराँत याक्थुङ चुम्लुङ जापानको संयुक्त आयोजनामा यही मार्चा २१ तारिख साँझ ६ बजे टोकियो सिनओकुवो स्थित बारकाँडे रेष्टुरेन्टमा गायीका अमृता लिम्बुको सम्मानमा एकल सांगितिक साँझ हुने भएको छ ।

दुई संस्थाको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा उपस्थित भएर सांगितिक रमाईलो र नाचगानमा सहभागी हुन आयोजक संस्थाहरुले अनुरोध समेत गरेका छन् ।