टोकियो, जापान ।
समस्याहरू आउँछन् जान्छन् । आउन थालेपछि समस्याहरू डोरी बनेर आउँछन् – एउटा समस्याको पोयो फुकायो, अर्को समस्या बल्झिन्छ, त्यसको पोयो फुकायो, झन् अर्को बल्झेर उपस्थित भएको हुन्छ । तर यथार्थ के हो भने, हरेक समस्याले आफूसितै आफ्नो समाधान पनि लिएर आएको हुन्छ । तर कुनै पनि समस्याको समाधान जादूको छडी जस्तो भएर आएको भने हुँदैन ।
मान्छेको मन ? यो मन त वायुपङ्खी घोडा जस्तो हो जो हर पल, हर घडी हिँडिरहेको हुन्छ, उडिरहेको हुन्छ । राजादेखि रङ्कसम्म यो कसको अधीनमा रहेको छ र ? हरेक कर्मको कर्ता पनि मन हो, शरीर त केवल माध्यम मात्र हो, भलै कसैले मनमन्दिरको देउता भनोस्, वा मनमनमै सोचेर यसो वा उसो गरेको नै किन नभनोस् ।
मनदेखी मनसम्म...!
पहिलो एपिसोड साहित्यकार, कार्यक्रम संचालक तथा युवा मोटिभेटर रविन शर्माले अक्टोबर २५ मंगलबारबाट सुरुवात गरेका छन 'चिन्तन मनन् र समयका कुरा संगसँगै...'
भिडियो हेर्नुहोस्