(Japan) 15 th April | 2026 | Wednesday | 12:40:00 PM || (Nepal) 9:25:00 AM
 
 


मेयरबाट राजिनामा दिंदै बालेन रास्वपा प्रवेश, झापा ५ बाट ओलीको घण्टी बजाउने

  POSTED ON : Monday, 19 January, 2026 | Views : 968

मेयरबाट राजिनामा दिंदै बालेन रास्वपा प्रवेश, झापा ५ बाट ओलीको घण्टी बजाउने


काठमाडौं, नेपाल ।

काठमाडौं महानगरपालिकाका मेयर मेयर बालेन शाह (बालेन्द्र) ले पदबाट राजीनामा दिएका छन् । आईतबार दिउँसो उपमेयर सुनिता डङ्गोलसमक्ष राजीनामा बुझाएका हुन् ।

बालेन शाहले पदबाट औपचारिक रुपमा राजिनामा दिएसागै राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) प्रवेश गरेका छन् । आजै रास्वपाको कार्यालय वनस्थली पुगेर उनले पार्टि सभापती रवी लामिछाने लगायतसँग सँगै घण्टी बजाउँदै पार्टि प्रवेश गरेका हुन् ।

रास्वपा कार्यालय प्रवेशका क्रममा बालेनलाई रास्वपाका नेतारकार्यकर्ता तथा उनका सयौं शुभेच्छुकहरुले भव्य स्वागत गरेका छन् ।

बालेन शाह आउँदो प्रतिनिधिसभा सदस्य चुनावमा प्रतिस्पर्धा तयारीमा रहेका छन् ।

झापा क्षेत्र नम्वर ५ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा रहेका बालेनले त्यसका लागि आवश्यक तयारी समेत गरिरहेको बताईन्छ । झापा क्षेत्र नम्वर ५ विगतमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बिजयी भएको निर्वाचन क्षेत्र पनि हो ।

मेयरका रुपमा कार्यभार सम्हाल्दै गर्दा सरकारको नेतृत्वमा रहँदा अवरोध र बिरोध मात्रै गर्दै आएका कारण पनि केपी ओलीसँग राजनीतिक बदला लिएर झापा ५ मा घण्टी बजाउन बालेनले उक्त क्षेत्र रोजेको ठानिन्छ ।

बालेन शाहले मेयरबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेसँगै रास्वपा नेता कार्यकर्ताहरु थप उत्साहित देखिएका छन् । धेरैले झापा क्षेत्र नम्वर ५ मा यस पटक बालेन्द्र शाहले केपी ओलीको घण्टी बजाउने पराजित गर्ने पूर्वानुमान गर्न थालेका छन् ।

हिजो मात्रै झापा ६ बाटै आगामी प्रतिनिधिसभा चुनावमा उठ्ने घोषणा गरेका ओलीले राजनीतिक तुरुप भने बाँकी राखेका छन् । २३ वटा क्षेत्रमा आफैंले पछि उम्मेदवारी तोक्नेगरि उम्मेदवार टुंगो नलगाएका ओलीले केहि क्षेत्रमा माओवादी र राप्रपा समेतलाई सहयोग गर्न तयार रहेको साथै काँग्रेस शिर्ष नेताहरु उठ्ने ठाउँमा समेत सहज बनाएर झापा ५ मा आफुलाई सहयोग गर्न पासो थापेको धेरैको विश्लेषण छ ।

एमालेको उम्मेदवारहरुको घोषणासँगै नेता कार्यकर्ताहरुभने बिभाजित भएका छन् । ओली पक्षमा नेता र समर्थकलाई मात्र उम्मेदवार बनाएर अरुलाई पाखा लगाएको भन्दै नेता ईश्वर पोखरेल पक्ष बिरोधमा उत्रिएको छ ।