काठमाडौँ, नेपाल ।
पूर्ववर्ती केपी ओली सरकारले रास्वपा सभापति रवि लामिछानेमाथि लगाएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारले फिर्ता गरेको छ ।
तत्कालिन केपी शर्मा ओलीको नेतृत्वमा रहेको एमाले र कांग्रेस गठबन्धनको सरकारले राजनीतिक प्रतिशोध सांधेर लामिछानेमाथि सहकारी ठगि सहित संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा चलाएको आम आरोप लाग्दै आएको थियो ।
सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ भने सहकारी ठगीको मुद्दा यथावत रहेको छ ।
लामिछानेविरुद्ध काठमाडौं रुपन्देही र पर्सामा सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको थियो ।