टोकियो, जापान ।
जापानमा रहेका नेपाली साहित्यकार तथा साहित्य अनुरागीहरुको साझा संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास जापानले लक्ष्मी जयन्तीको अवसर पारेर एक विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
यहि नोबेम्बरको २४ तारिख आईतबार टोकियोमा विशेष समारोहका साथ आयोजना गर्न लागिएको साहित्यिक श्रृंखलाको अन्तिम तयारी समेत सम्पन्न भैसकेको संस्थाका अध्यक्ष अरुण पौडेलले जानकारी दिएका छन् ।
कार्यक्रममा साहित्य अनुरागीहरुको साहित्यिक रचना बाचन, मनोज मौसम केसीको म्युजिक भिडियो सार्वजनिक तथा विभिन्न स्रष्टाका पुस्तक विमोचन मुख्य आकर्षण रहने भएको छ ।
प्रवेश निःशुल्क गरिएको कार्यक्रममा सहभागीहरूबाट खुला रूपमा रचना वाचन पनि हुने अध्यक्ष अरुण पौडेलले जानकारी दिए । हरेक तीन तीन महिनामा आफ्नो नियमित साहित्य शृङ्खला गर्दै आइरहेको अनेसास जापानको उक्त कार्यक्रम ७१ औँ शृङ्खलाको रूपमा मनाउने तयारी संस्थाले गरेको छ ।
टोकियोको सिनओकुबोस्थित सोलमारी मुरा हलमा दिउँसो १२ः३० बाट प्रारम्भ हुने कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण साहित्यप्रेमी समुदायमा अनेसास जापानले निमन्त्रणा तथा आव्हान गरेको छ ।