(Japan) 4 th October | 2024 | Friday | 9:03:59 AM || (Nepal) 5:48:59 AM
 
 


हराएको मनमती खोला (लघुकथा) : शैलेन्द्र बिक्रम बिडारी

  POSTED ON : Monday, 30 September, 2024 | Views : 286

हराएको मनमती खोला (लघुकथा) : शैलेन्द्र बिक्रम बिडारी


बाबा कस्तो फोहोर छ है, याहा त। फोहोरको नाली हो कि यो त । पानी बिना बग्न नसकेर जमेको फोहोर देखाउदै छोरी ले भ नि ।

आलोकले छोरीलाई सम्झाउदै भन्यो, 'यो त नाली होईन नि छोरी , तिम्रो बाबाले आफु सानो हुँदा पोउडी खेलेको, माछा मारेको, अनि भाडोमा पानी बोकेर घरमा पानी ओसार्ने गरेको खोला हो । मममती खोला हो यो खोलाको  नाम ।

भिमढुङ्गाको छङछङे भिर बाट सुरु भएर कालिमाटीमा बिष्णुमती खोलामा मिसिने खोला हो । तर अहिले त छङछङे भिरमा कती घरहरु बनिसक्यो, बस्ती बढेर खोलाको मुहान पनि सुक्दै गयो ।

खोला किनारको घरहरुले फोहोर ढल नै यही खोलामा मिसाइदिएपछि खोला हराउदै गयो, नाली बन्दै आयो ।

तर अचानक काठमाडौंमा आएको २ दिन देखिको अबिरल बर्षाले हराएको मनमती खोला फेरी उर्लिएर आयो र आफ्नो भयानक रुप देखायो ।