(Japan) 12 th September | 2024 | Thursday | 1:50:29 AM || (Nepal) 10:35:29 PM
 
 


गनगन (लघुकथा) : शैलेन्द्र बिक्रम बिडारी

  POSTED ON : Monday, 05 August, 2024 | Views : 454

गनगन (लघुकथा) : शैलेन्द्र बिक्रम बिडारी


असार महिना बाहिर निक्ल्यु भने पनि बिहानै देखी झरी परिरहेको छ । कोठा भित्रै बसिराख्न पनि मन लाग्दैन आलोकलाई । कोठामा धुम्धुम्ती बसेर थाकेको आलोक मनमनै सोच्दछ, मोबाईल ल्यापटपमा हेरेको देख्नै हुन्न श्रीमतीको गनगन सुरु भैहाल्छ ।

अल्छिको लामो सुस्केरा हाल्दै आलोकले ल्यापटप खोलेको मात्रै के हुन्छ, जुनु कोठाको ढोका खोलेर भित्र पस्छे ।आलोकको हातमा ल्यापटपा देख्ने बित्तिकै सुरु भैहाल्छे जुनु,‘खाली तेही मोबाईल र ल्यापटप मात्रै हेरेर बसिराख्ने ? यसो अलि अलि घरको काम पनि सघाइदिनु हुँदैन ? घरको काम जती सबै श्रीमतीले मात्रै गर्नु पर्छ भन्ने छ र ?‘

रिसले रन्थनिदै,ठुला ठुला आखा पारेर कोठाको ढोका ढ्याम्म पार्दै बाहिर निस्किन्छे जुनु र कराउदै माथिल्लो तल्लामा भान्छातिर उक्लिन्छे । उसको आवाज पनि मधुरो हुँदै सकिन्छ ।

श्रीमतीको गनगन सुनेर वाक्कदिक्क भएको आलोक ल्यापटप बन्द गर्छ अनि श्रीमतीको गनगन गर्ने मुख कसरी बन्द गर्ने होला भनेर सोच्दै, सिरकले मुख छोपेर सुत्छ ।