(Japan) 22 nd June | 2026 | Monday | 12:58:18 PM || (Nepal) 9:43:18 AM
 
 

जापानमा नेपाली महिला मृत फेला, हत्याको आशङ्कामा श्रीमान प्रहरी नियन्त्रणमा

  POSTED ON : Monday, 22 June, 2026 | Views : 582

जापानमा नेपाली महिला मृत फेला, हत्याको आशङ्कामा श्रीमान प्रहरी नियन्त्रणमा


साइतामा, जापान ।

जापानी सञ्चारमाध्यमका अनुसार साइतामा प्रान्तको कोनोसु सिटीस्थित एक अपार्टमेन्टको कोरिडोरमा टाउकोबाट रगत बगिरहेको अवस्थामा भेटिएकी ३६ वर्षीया नेपाली महिलाको मृत्यु भएको छ ।


रगत लत्पतिएको कपडामा प्रहरी चौकी पुगेका करिब ३० वर्षका पुरुष (मृतक महिलाका श्रीमान् !) लाई नियन्त्रणमा लिई प्रहरीले हत्याको आशङ्कामा अनुसन्धान गरिरहेको छ। 


प्रहरिका अनुसार २१ जुन बिहान साइतामा प्रान्तको कोनोसु सिटीस्थित एक सामूहिक आवास (अपार्टमेन्ट) मा एक महिला गम्भीर अवस्थामा फेला परेकी थिइन, जसको पछि अस्पताल पुर्‍याउंदा मृत्यु पुष्टि भएको थियो ।


प्रहरीका अनुसार आईतवार बिहान ७ बजेभन्दा केही समयअघि, ती महिलाका श्रीमान् (नाम नखुलाईएको) ३० वर्ष आसपासका एक पुरुष प्रहरी चौकी पुगेका थिए। 


त्यसलगत्तै प्रहरी अधिकारीहरू उनको घर पुग्दा, अपार्टमेन्टको ढोका अगाडि अन्दाजी २० देखि ४० वर्ष उमेरकी महिलालाई अचेत अवस्थामा फेला पारेका थिए ।उनलाई तुरुन्त अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। 


उनीहरू दुवै जना सोही अपार्टमेन्टमा बस्दै आएको बुझिएको छ। हाल प्रहरीले ती पुरुषसँग घटनाको विस्तृत सोधपुछ र अनुसन्धान गरिरहेको छ ।


घटना यसरी सार्वजनिक भएको थियो

आईतवार बिहान ६:५५ बजे महिलाका श्रीमान् ठानिएका ३० वर्ष आसपासका एक पुरुष एक्लै कोनोसु प्रहरी चौकी (Kounosu Police Station) पुगेका थिए ।


प्रहरी चौकी पुग्दा ती पुरुष अत्यन्तै अत्तालिएको (取り乱した様子) अवस्थामा थिए र उनको माथिल्लो कपडा (उपरिक्षेत्र) मा रगत लत्पतिएको (血痕が付着) थियो।


पुरुषको शङ्कास्पद अवस्था देखेपछि प्रहरी अधिकारीहरू तुरुन्तै ति पुरुषले दिएको ठेगानाका आधारमा उनको घर (अपार्टमेन्ट) तर्फ प्रस्थान गरेका थिए ।


प्रहरी अपार्टमेन्टको तेस्रो तल्लामा पुग्दा ३६ वर्षीया नेपाली महिला उत्तानो परेको अवस्थामा ढलेकी थिइन्। उनको टाउकोबाट धेरै रगत बगिरहेको थियो र उनी बेहोस (अचेत) थिइन्।


उनलाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याइएको थियो, तर अस्पताल पुगेको करिब १ घण्टापछि चिकित्सकले उनलाई मृत घोषणा गरे। मृतक महिलाको पेशा भने अझै खुल्न सकेको छैन ।


थप बिस्तृतमा समाचारको लागि हामीलाई फलो गरेर जोडिन सक्नुहुन्छ ।