(Japan) 16 th April | 2026 | Thursday | 12:27:26 PM || (Nepal) 9:12:26 AM
 
 


फुकुओकामा अध्ययनरत नेपाली विद्यार्थी सौरभ भट्टराईको उपचारका लागि सहयोगको अपिल

  POSTED ON : Friday, 13 February, 2026 | Views : 454

फुकुओकामा अध्ययनरत नेपाली विद्यार्थी सौरभ भट्टराईको उपचारका लागि सहयोगको अपिल


टोकियो, जापान ।

जापानको फुकुओकास्थित ओमुका ग्लोबल बिजनेस सेनमोन गाक्कोउ (大村グローバルビジネス専門学校) मा अध्ययनरत २४ वर्षीय नेपाली विद्यार्थी सौरभ भट्टराई गम्भीर मानसिक स्वास्थ्य समस्याका कारण हाल अस्पतालमा उपचाररत रहेका छन् । झापा, नेपाल घर भएका भट्टराई केही समयदेखि मानसिक समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार सौरभको दीर्घकालीन उपचार नेपालमै पारिवारिक वातावरणमा गराउनु उपयुक्त हुने सुझाव दिइएको छ । परिवारको साथ, माया र आत्मीय वातावरणमा उपचार अगाडि बढाउँदा स्वास्थ्य लाभको सम्भावना उच्च रहने चिकित्सकहरूको भनाइ छ।

तर, हालसम्मको अस्पताल खर्च भुक्तानी नगरी डिस्चार्ज गर्न नसकिने अवस्था रहेको बताइएको छ । आर्थिक अभावका कारण उपचार खर्च तिर्न कठिनाइ भइरहेकोले उनलाई नेपाल फर्काउने प्रक्रिया समेत प्रभावित भएको छ ।

यस कठिन घडीमा एक नेपाली युवाको जीवन रक्षा, उपचार र पुनःस्थापनाका लागि सहयोगको अपिल गरिएको छ । सानो सहयोगले ठूलो जीवन बचाउन सक्ने भन्दै सबै नेपाली समुदायमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।

सहयोग गर्न इच्छुक व्यक्तिहरूले सौरभ भट्टराईकै नाममा रहेको तल उल्लेखित बैंक खातामा सिधै रकम जम्मा गर्न सक्ने जनाइएको छ :


बैंक: Japan Post Bank

खाता नम्बर: 18150-42761011

नामस् バッタライ シャウラブ

सहयोगदाताहरूलाई यो सन्देश बढीभन्दा बढी शेयर गरिदिन समेत आग्रह गरिएको छ। मानवताको भावनासहित गरिएको सानो सहयोगले एक युवा जीवन पुनः उज्यालो हुन सक्ने विश्वास व्यक्त गरिएको छ।

सबैमा सक्दो सहयोगका लागि हार्दिक अनुरोध गरिएको छ।