अर्जुन लामिछाने - टोकियो, जापान ।
जापानमा तीन साता अघि नेपाली युवाको हत्या गरेको अभियोगमा जापान प्रहरीले एक जापानी युवतीलाई पक्राउ गरेको छ ।
जापानी समाचार संस्थाहरुमा प्रकाशित समाचार अनुसार जापानको चिबा प्रिफेक्चरस्थित फुनाबाशी शहरको एक होटलमा मृत भेटिएका २१ वर्षीय नेपाली विद्यार्थी बादल छन्त्यालको हत्या अभियोगमा जापानी युवती पक्राउ परेकी हुन् । प्रहरी अनुसन्धानले नेपाली युवा छन्त्यालको हत्या भएको समेत पुष्टि गरेको छ ।
अक्टोबर ५ मा चक्कु प्रहार गरी उनको हत्या गरेको आरोपमा चिबामै बस्ने ३२ वर्षीय जापानी युवति 'आसाका मामी' लाई प्रहरीले आज (अक्टोबर २८ मा) पक्राउ गरेको चिबा टिभीमा प्रसारित समाचारमा उल्लेख छ । मामी र छन्त्याल हत्या भएको अघिल्लो दिन उक्त होटलमा बास बस्न गएको र उनिहरु त्यसअघि प्रेम सम्वन्धमा रहेको बताईन्छ ।
प्रहरीले हत्याको कारण र उनीहरूबीचको सम्बन्धबारे थप अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।
अभियुक्त युवती यसअघि नै पसल बाट २ वटा चक्कु चोरेको आरोपमा उनि पहिल्यै पक्राउ परेको बताइएको छ । सुरुमा हत्या गरेको अस्वीकार गर्दै आए पनी अहिले आएर बयानमा केहि नबोली चुप लागेर बसेको याहून्यूजको खवरमा उल्लेख छ ।
...
जापानी युवतिको चक्कु प्रहार बाट नेपालि युवाको निधन