टोकियो, जापान ।
जापानमा सहमति बिना एक होटलको कर्मचारीलाई अंगालो हालेर अश्लील हर्कत गरेको आरोपमा एक नेपाली पुरुष पक्राउ परेका छन् ।
जापानी समाचार संस्था याहुमा प्रकाशित समाचार अनुसार जुलाई २२ तारिखमा, चिबा प्रिफेक्चरल प्रहरीले योकोहामाको त्सुरुमी वार्डमा बस्दै आएका कार्यालय कर्मचारी बताउने ३७ बर्षिय नेपाली पुरुषलाई पक्राउ गरेको छ । अभियुक्तले सहमति बिना अश्लील आक्रमण गरेको आरोप लगाइएको छ ।
प्रहरीलाई उदृत गर्दै प्रकाशित समाचारमा २० तारिख राति १०ः३५ देखि ११ः१५ बजेको बीचमा चिबा प्रिफेक्चरको एक होटलको बाहिर मैदानमा ४० वर्षीया महिला कर्मचारीलाई अँगालो हालेको आरोप लागेको छ ।
प्रिफेक्चरल प्रहरीका अनुसार, संदिग्ध व्यक्ति होटलमा पाहुना थिए र उनले आरोपहरू अस्वीकार गर्दै सहमति लिएर अंगालो हालेको बताएका छन् ।
महिलाले ११० मा फोन गरेर घटनाबारे रिपोर्ट गरेपछि प्रहरीले सिसि क्यामेरा र अन्य स्रोतहरूबाट संदिग्धको तस्बिर पत्ता लगाएको थियो । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
स्मरणीय छ गत साता मात्र जापानी युवतीलाई जर्बजस्ती पार्कको शौचालयमा लगेर संवेदनशिल अंगमा छोएको आरोपमा एक नेपाली युवा पक्राउको खवर सार्वजनिक भएको थियो ।