ओसाका, जापान ।
जापानमा आर्थिक लाभको लागि अपराध गर्दा पक्राउ पर्नु सामान्य घटना हुन् । अभियुक्तहरूले आफ्नो उद्देश्य दैनिक जीवनशैली खर्चको लागि पैसा प्राप्त गर्न चोरी, डकैती गरेको भन्ने जवाफ पनि सामान्य हुन् ।
तर दैनिक आवश्यकताहरू भन्दा बाहिरको इच्छित जीवनशैली कायम राख्नको लागि चोरि गर्नु त्यसमा पनि चोरेको पैसा फजुल खर्च गरेर अरुलाई खुशी पारेर आफु राम्रो देखिन खोज्नु चाहिँ विचित्र नै मान्न सकिन्छ ।
दर्जनौं चोरीको आरोपमा फुकुओका प्रान्तमा पक्राउ परेका एक व्यक्तिले चोरी गरिरहनुको कारण आफु राम्रो देखिन चाहेको बताएका छन् ।
गत डेढ वर्षभन्दा बढी समयदेखि, यदि तपाईं फुकुओका प्रान्तको किताक्युशु शहरको वरपर मदिरा सेवन गर्दै हुनुहुन्छ वा बाहिर खाना खानुभएको छ भने, तपाईंले एक धेरै उदार वृद्ध सज्जन भेटेको हुनसक्नुहुन्छ । ७१ वर्षीय स्थानिय काजुनोरी इनागाकीसँग टेबल सेयर गर्ने भाग्य पाउनुभएको पनि हुन सक्छ ।
कहिलेकाहीं, इनागाकी महँगो सुशी रेस्टुरेन्ट वा बारहरूमा जाने र त्यहाँका प्रत्येक ग्राहकको बिल तिरिदिने गर्दथे । यी दानशीलताका कारण कहिलेकाहीं इनागाकीलाई एकैदिन ३००,००० येन सम्म खर्च गर्नुपरेको थियो । तर उनले यो काम खुशीका साथ गरे जसले गर्दा उनले आफु अरुको अगाडी राम्रो देखिएको बताएका छन् ।
अत्यधिक खर्चालु इनागाकी एक बैंकर, फाइनान्सर, वा बुढ्यौली शो बिज स्टार हुने अपेक्षा धेरैले गर्न सक्छन् । यद्यपि, उनले कथित रूपमा आफु स्ट्रबेरी किसान भएको दाबी गर्ने गरेका थिए ।
आफुलाई स्ट्रबेरी किसान भनेर चिनाउने गरेपनि उनले एकदिन पनि स्ट्रबेरी खेतिकिसानी काम भने नगरेको प्रहरीले बताएको छ ।
अरुको अगाडी राम्रो देखिनकै लागि खर्च जुटाउन उनले धेरै समय मानिसहरूलाई लुट्ने काम गरे त्यो पनि फुकुओकामा मात्र होइन। अनुसन्धानकर्ताहरू भन्छन् कि सेप्टेम्बर २०२३ र अक्टोबर २०२४ को बीचमा इनागाकीले फुकुओका र छिमेकी प्रिफेक्चर ओइता र कुमामोतोमा ६३ घरहरूमा चोरी गरेका थिए । जसबाट उनले करिव ९३ लाख येन रकम बराबरको नगद तगा जिन्सि चोरी गरेको पाइएको छ ।