(Japan) 10 th June | 2026 | Wednesday | 10:10:19 AM || (Nepal) 6:55:19 AM
 
 

जापानको जनसंख्या एकै बर्ष झण्डै साँढे ८ लाख घट्यो

  POSTED ON : Sunday, 14 April, 2024 | Views : 2210

जापानको जनसंख्या एकै बर्ष झण्डै साँढे ८ लाख घट्यो


टोकियो, जापान ।

विदेशी बासिन्दा सहित जापानको कुल जनसंख्या गत वर्ष लगातार १३ औं वर्ष घटेको छ ।

आन्तरिक मामिला मन्त्रालयले गत बर्ष अक्टोबर १ सम्म जापानको कुल जनसंख्या १२४,३५२,००० रहेको अनुमान गरेको छ।

यो संख्या एक वर्ष अघिको तुलनामा ५९५,००० वा ०.४८ प्रतिशतले कम हो । गिरावटको मात्रा र प्रतिशत दुवै अघिल्लो वर्षको तुलनामा ठूलो रहेको छ ।

विदेशी बासिन्दाहरू बाहेक जापानी नागरिकहरुको संख्या १२१,१९३,००० रहेको छ । जुन एक बर्ष अघिको तुलनामा ८३७,००० वा ०.६९ प्रतिशतले कम हो ।  यस आधारमा हेर्दा बिदेशी नागरिक बाहेक जापानी नागरिकको खास संख्या झण्डै साँडे ८ लाखले घटेको देखिएको छ ।

बुढ्यौली समाजको स्पष्ट सङ्केतका रूपमा, ६५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको संख्या ३६,२२७,००० पुगेको छ । जुन कुल जनसंख्याको रेकर्ड स्तर पुग्दा २९.१ प्रतिशत रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ०.१ प्रतिशतले बढी हो ।

७५ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूको संख्या पनि ७१०,००० भन्दा बढि भएको छ । पहिलो पटक ७५ बर्ष माथिका नागरिकको संख्या २ करोड नाघेको छ । जुन कुल जनसंख्याको रेकर्ड १६.१ प्रतिशत हो ।

अर्कोतर्फ, १५ वर्ष मुनिका व्यक्तिहरूको संख्या घटेर १ करोड ४१ लाख ७३ हजार पाइएको छ । जुन कुल जनसंख्याको ११.४ प्रतिशत हो । यो अहिलेसम्मकै रेकर्डस्तरको न्यून संख्या हो ।

काम गर्ने उमेरको जनसङ्ख्या, वा १५ देखि ६४ वर्ष बिचको उमेरका नागरिकको संख्या ७३,९५२,००० रहेको छ । जुन एक वर्ष अघिको तुलनामा २,५६,००० कम भएको छ । तर उमेर समूहको प्रतिशत गत वर्षको तुलनामा ०.१ अंकले बढेर कुल जनसंख्याको ५९.५ प्रतिशत पुगेको छ ।

देशको ४७ प्रिफेक्चरहरू मध्ये, टोकियो मात्र एक हो जहाँको जनसंख्या बृद्धि भएको छ । यहाँको संख्या ०.३४ प्रतिशतले बढेको छ, यो लगातार दोस्रो बर्षको बृद्धि हो ।

जनसंख्या गिरावटको प्रतिशत आकिता प्रिफेक्चरमा सबैभन्दा बढी थियो, त्यसपछि आओमोरी, इवाते र यामागाता प्रान्तहरू रहेका छन् । जुन प्रान्तहरु तोहोकुको उत्तरपूर्वी क्षेत्रमा रहेका छन् ।