टोकियो, जापान ।
जापान सरकारले कोरोना भाइरस महामारीको समयमा खरिद गरेको कोभिड-१९ को खाने औषधिको ७७ प्रतिशत नष्ट गर्ने तयारी गरेको छ ।
हाल प्रयोग विहिन अवस्थामा रहेका कारण सरकारी भण्डारमा रहेका औषधिहरु नष्ट गर्ने तयारी गरिएको सरकारी तथ्याङ्कमा आधारित रहेको समाचार संस्था क्योदोले उल्लेख गरेको छ ।
५६ लाख मानिसहरूका लागि सुरक्षित गरिएको कोरोनाको खाने औषधिहरू मध्ये ४३ लाख मात्रा प्रयोग गरिएको छैन ।
औषधि उत्पादकहरूले पहिले नै औषधिहरू जनताका लागि उपलब्ध गराइसकेका छन् र सरकारले गत वर्ष वैशाखमा मौसमी फ्लूको रूपमा रोगको कानुनी अवस्था घटाएपछि आपतकालीन अवस्थामा मात्र उपलब्ध गराउन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शियोनोगीद्वारा उत्पादित बाँकी सोकोभा ट्याब्लेटहरू, मेर्क एण्ड कम्पनीद्धारा निर्मित लागेभिरिओ क्याप्सुलहरू र फाइजर ईन्कद्वारा निर्मित प्याक्सलोभिड चक्कीहरू जुन ३ खर्ब येनमा खरिद गरिएको पूर्वानुमान छ ।
तिनीहरूको म्याद सकिएपछि नष्ट हुने अवस्थामा पुगेको छ ।