टोकियो, जापान ।
जापानभर कोरोना भाइरसका बिरामीको संख्यामा बृद्धि भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोभिड महामारी रोकथामका उपाय हटाइएपछि प्रति चिकित्सासंस्था ३.५२ पुगेको अधिकारीहरुले बताएका छन् । जुन गत हप्ताको तुलनामा १.२८ गुणा बढेको पनि उल्लेख छ ।
स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले अघिल्लो साताको तुलनामा सबै प्रान्तहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जाडोमा सङ्क्रमण फैलिने क्रम बढ्दै गएकोले सङ्क्रमण नियन्त्रणका उपायहरूलाई निरन्तरता दिन आग्रह गरेको छ ।
मन्त्रालयका अनुसार डिसेम्बर १० गते सातामा देशभर करिब ५ हजार स्वास्थ्य संस्थाले रिपोर्ट गरे अनुसार नयाँ कोरोना संक्रमितको संख्या अघिल्लो साताको तुलनामा ३ हजार ७ सय ९६ ले बढेर १७ हजार ३ सय ७९ पुगेको छ ।
अघिल्लो साताको तुलनामा गत साता लगातार तेस्रो साता कोरोनाका बिरामी देशभर बढेको पाइएको छ ।
सबैभन्दा धेरै कोरोनाका बिरामीको संख्या होक्काइदोमा बढेको छ । जहाँ प्रति स्वास्थ्य संस्था ७.८२ जना संक्रमित उपचाररत छन् ।
यसैगरि यामानासी प्रिफेक्चरमा ७.७६, नागानो ६.६४, गिफु प्रान्त ५ तथा आइची प्रान्तमा ४.८ जना कोभिड बिरामी रहेका छन् ।
यो सबै प्रिफेक्चरहरूमा अघिल्लो हप्ताको तुलनामा बढेको छ ।
डिसेम्बर १० मा समाप्त भएको हप्तामा, देशव्यापी लगभग ५०० चिकित्सा संस्थाहरुद्वारा रिपोर्ट गरिएको भर्खरै अस्पताल भर्ना बिरामीहरूको संख्या १,४६८ रहेको थियो, जुन अघिल्लो हप्ताको तुलनामा ४४५ ले वृद्धि हो ।