टोकियो, जापान ।
टोकियो महानगरिय सरकारले इन्फ्लुएन्जाको सम्भावित फैलावट जोखिम रहेको भन्दै एक सेतावनी सूचना जारी गरेको छ।
सन् १९९९ मा रेकर्ड किपिङ सुरु भएदेखि सेप्टेम्बरमा यस्तो सल्लाह जारी गरिएको यो दोस्रो पटक हो । यो अहिलेसम्मकै सबैभन्दा प्रारम्भिक चेतावनी पनि हो ।
टोकियोका अधिकारीहरूले गत आइतबारदेखि हप्ताको अवधिमा प्रति चिकित्सा संस्थामा ११.३७ केसहरू रिपोर्ट गरिएको बताएका छन् । त्यो एक हप्ता अघिको भन्दा दोब्बर संख्या हो, र सामान्य मानिने १० संक्रमण केशहरु भन्दा माथि हो ।
सेप्टेम्बर १० सम्म सात दिनको ईन्फ्लुएन्जा तथ्याङ्क केवल ५.९५ मात्र थियो तर पनि यो अवधिको लागि उच्च रेकर्ड थियो ।
अधिकारीहरूले गत आइतवारसम्म दुई हप्तामा किन्डरगार्डेनदेखि हाई स्कूलसम्म कुल २०७ स्कूलहरूमा कक्षा बन्द वा अस्थायी रुपमा विद्यालय बन्द गर्नुपरेको बताएका छन् ।
स्वास्थ्य अधिकारीहरुले मानिसहरूलाई हात धुने र खोकी लागेको समयमा सावधानी अपनाउन आग्रह गरेका छन् ।