(Japan) 4 th October | 2024 | Friday | 8:23:26 AM || (Nepal) 5:08:26 AM
 
 


जापानमा २०२४ मार्चपछि कोरोना खोप लगाउन पैसा तिर्नुपर्ने

  POSTED ON : Saturday, 09 September, 2023 | Views : 1064

जापानमा २०२४ मार्चपछि कोरोना खोप लगाउन पैसा तिर्नुपर्ने


टोकियो, जापान ।

जापानमा आगामी मार्च महिनापछि कोरोना भाइरस बिरुद्धको निशुल्क खोप अन्त्य हुने भएको छ ।

जापानको स्वास्थ्य मन्त्रालयको प्यानलले आर्थिक वर्ष २०२३ देखि अर्को वर्षको मार्चसम्म निःशुल्क कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने अस्थायी कार्यक्रमलाई शुक्रबार स्वीकृत गर्दै त्यसपछि अन्त्य गर्ने भएको हो ।

आर्थिक वर्ष २०२४ देखि, खोप कार्यक्रम शरद ऋतु र जाडो बीचमा ६५ वर्ष वा माथिका व्यक्तिहरू जो कोविड संक्रमणबाट गम्भीर विरामी पर्ने जोखिममा रहनसक्छन् उनिहरुलाई बर्षमा एकपटक प्रदान गर्ने भएको छ ।

कोरोना भाइरस बिरूद्ध खोपहरूलाई रोगको फैलावट रोक्न खोप कानून अन्तर्गत आपतकालीन खोपको रूपमा तोकिएको छ, र तिनीहरूको लागत अर्को मार्च सम्म सार्वजनिक कोषले कभर गर्दछ ।

स्वास्थ्य मन्त्रालयले ६५ वर्ष वा माथिका वृद्धवृद्धाहरूलाई कोभिड १९ को खोप प्राप्त गर्न अनुमति दिनको लागि आर्थिक २०२४ देखि नियमित खोप कार्यक्रममा परिवर्तन गर्ने विचार गरिरहेको छ । सार्वजनिक समाचारहरु अनुसार ६५ बर्ष माथिका व्यक्तिहरुले पनि खोपको केहि लागत तिर्नुपर्ने हुनेछ ।

६५ वर्ष मुनिका मानिसहरूका लागि मन्त्रालयले कोभिड १९ खोपलाई स्वैच्छिक खोप कार्यक्रम बनाउने सम्भावना छ । जस अन्तर्गत आफुले चाहेको बेलामा अन्य इन्फ्लुएन्जा सरह खोप उपलब्ध हुनेछ तर त्यसको लागत आफैंले तिर्नुपर्नेछ ।