(Japan) 15 th April | 2026 | Wednesday | 3:27:51 PM || (Nepal) 12:12:51 PM
 
 


जापानमा पहिलो पटक सज्जनराज वैद्य लाइभ कन्सर्टमा गुञ्जँदै

  POSTED ON : Wednesday, 24 December, 2025 | Views : 828

जापानमा पहिलो पटक सज्जनराज वैद्य लाइभ कन्सर्टमा गुञ्जँदै


टोकियो, जापान ।

पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक ब्याण्ड सज्जनराज वैद्यको पहिलोचोटी जापानमा लाइभ कन्सर्ट हुने भएको छ । 

आगामी २०२६ को मार्च १० तारिखका दिन सज्जनराज वैद्यको लाइभ कन्सर्ट टोकियो हाराजुकु स्टेशनबाट मात्र ३ मिनेटको दुरीमा रहेको योयोगी नेशनल स्टेडियममा हुने बताईएको छ । करिव ४ हजार सिट क्षमता भएको उक्त नेशनल स्टेडियममा पहिलोचोटी नेपालीहरुको ऐतिहासिक कार्यक्रम हुन लागेको हो । करिव एक वर्ष लामो निरन्तर प्रयासपछि कन्सर्टका लागि उक्त स्टेडियम उपलब्ध हुन सकेको बताईएको छ ।    

जिएमटी इन्टरनेशनलको मुल ब्यानरमा हुन लागेको उक्त लाइभ कन्सर्टका लागि नेपालबाट दर्जनभन्दा बढि कलाकारहरु जापान आउने भएका छन् । राजधानी टोकियोबाहेक नागोया, फुकुओका र ओसाका सहरमा पनि उक्त ब्याण्डको लाइभ कन्सर्ट हुने तैयारी भईरहेको बुझिएको छ । 

सज्जनराज वैद्य ब्याण्डको लाइभ कन्सर्ट यसअघि बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलियाका विभिन्न सहरहरुमा दर्जनौपटक र मध्यपूर्वका दुबाई, दोहा, भारतका मुम्बई, दिल्ली लगायतका सहरमा पचासौं हजार दर्शकहरुका माझ धेरैपटक भईसकेको भएता पनि जापानमा भने पहिलोचोटी हुन लागेको हो । 

मार्च १० तारिखका दिन हुने लाइभ कन्सर्टको टिकट अंग्रेजी नयाँ वर्ष २०२६ लागेसंगै अनलाइनमार्फत विक्रिमा राखिने आयोजक स्रोतले जनाएको छ ।