(Japan) 15 th April | 2026 | Wednesday | 8:17:53 AM || (Nepal) 5:02:53 AM
 
 


नेपाली कलाकारले जिते जापानी टेलिभिजनको हांस्य प्रतियोगिताको उपाधि

  POSTED ON : Friday, 03 January, 2025 | Views : 2878

नेपाली कलाकारले जिते जापानी टेलिभिजनको हांस्य प्रतियोगिताको उपाधि


टोकियो, जापान ।

जापानको ओकिनावामा रहेर जापानी टेलिभिजन तथा स्टेज शो हरुमा हांस्य प्रधान अभिनय र कार्यक्रमहरु संचालन गर्दै आएका नेपाली युवा कलाकार रामप्रसाद आचार्यले जापानको टेलिभिजनको हांस्य कार्यक्रमको उपाधि जितेका छन् ।

प्रत्येक बर्ष अँग्रेजी नयाँ बर्षलाई लक्षीत गरेर ओकिनावामा हुने कमेडियन कम्पीटिसन सो O-1グランプリओकिनावा टेलिभीजन OTV  बाट OKINAWA COMEDY SHOW O-1GRANDPRIX 2025 प्रत्यक्ष प्रसारण हुँदै आएको छ । आचार्य बिजयी भएको कार्यक्रमको प्रशारण छिट्टै युउट्युब पनि आउने छ ।

पहिलो चरणमा सहभागी करिव ९० जना हांस्य कलारकार तथा जोडिबाट २० वटा मात्र छनौट गरि त्यस मध्येबाट दोस्रो चरणमा ८ वटामा सिमित पारिएको थियो । टिभि कार्यक्रममा ५ वटा समुह छनौट गरि अन्तिममा दर्शकको मत र निर्णायकहरुको मतको आधारमा आफुहरुले उपाधि जित्न सफल भएको आचार्यले जापानसमाचारडटकमलाई जानकारी दिनुभयो ।

बिगत ५ बर्ष देखी जापानका मीडियाहरुमा हसाऊदै तथा नियमित साप्ताहिक रुपमा रेडियो कार्यक्रम मार्फत नेपालको पर्यटकिय क्षेत्रको प्रचार र प्रवद्र्धन गर्दै आएका आचार्यले केहि समय यता एक जापानीज संग मीलेर めーばーカリー नामको कमेडि जोडि को रुपमा काम गर्दै आएका छन् ।

ओकिनावा क्षेत्रकै सर्वाधिक लोकप्रिय हांस्य कलाकारको उपाधि जितेसँगै ५ लाख जापानी येन सहित ट्रफी सहित आफुहरु सम्मानित हुन पाएकोमा आचार्यले खुशी व्यक्त गर्नुभयो ।

बिगत ५ बर्ष देखी जापानका मीडियाहरुमा हसाऊदै तथा नियमित साप्ताहिक रुपमा रेडियो कार्यक्रम मार्फत नेपालको पर्यटकिय क्षेत्रको प्रचार र प्रर्वद्धन गर्दै आएका आचार्यले केहि समय यता एक जापानीज संग मीलेर めーばーカリー नामको कमेडि जोडि को रुपमा काम गर्दै आएका छन् ।

१० बर्ष अघि विद्यार्थी भिषामा जापान आएर त्यस यता ओकिनावामा रेडियो, टेलिभिजन सहित स्टेज कार्यक्रमहरु गर्दै आएका रामप्रसाद आचार्यले ओकिनावा बाहेक जापानका विभिन्न शहरहरु पुगेर विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुती देखाउँदै आएका छन् ।

जापानी टेलिभिजनहरुमा काम गर्दै नेपालको पर्यटन, कला, संस्कृती लगायतको प्रचार र प्रवद्र्धन गर्दै आउन पाएकोमा आफुलाई सँधै गर्व महशुस हुने कलाकार रामप्रसाद आचार्य बताउँछन् ।