(Japan) 17 th May | 2025 | Saturday | 7:21:42 PM || (Nepal) 4:06:42 PM
 
 


जापानमा सामुहिक म्हँ: पुजा हुँदै

  POSTED ON : Thursday, 24 October, 2024 | Views : 932

जापानमा सामुहिक म्हँ: पुजा हुँदै


टोकियो, जापान ।

नेवास् अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि टोकियोमा सामुहिक म्हँ : पूजा तथा नेपाल संम्बत ११४५ को शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गर्नेभएको छ ।

बहु-भाषिक, बहु-धार्मिक अनि बहु-संस्कृतिले धनी नेपालको विभिन्न सम्प्रदाय मध्ये नेवाः सम्प्रदायले मनाउने स्वन्ति ९तिहार० अथवा म्हँ पुजा एक ठुलो पर्व हो । म्हँ पुजा अर्थात शरिर शुद्ध गर्ने हेतुले आफ्नो लगाएत आफ्नो परिवार, आफन्तजनको शरीरको पुजा गरिन्छ । शरीरमा कुनै पनि रोग व्याध नलागोस्, भएको रोग पनि निको होस् भनेर कामना गरि आफुले आफैंलाई पुजा गर्नुनै म्हँ पुजा हो ।

टोकियोमा हुन लागेको म्हँ: पुजा कार्यक्रममा नेवार मात्र नभई अन्य जाती तथा समुदायको व्यक्तिहरूले पनि सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । नेवाः परम्परा, नेवाः कला संस्कृति, नेवाः खाना सहित मनाउन लागिएको म्हँ पुजामा सहभागी हुन ईच्छुक व्यक्तिहरूले सम्पर्क गर्न सक्ने आयोजकले जनाएको छ ।

म्हँ: पूजामा सहभागी हुन ईच्छुक व्यक्तिहरूले पहिलेनै सम्पर्क गरेर आफ्नो नाम टिपाउनु आयोजकले जनाएको छ ।  म्हँ पुजाको लागि प्रत्येक व्यक्तिको लागि मण्डप बनाउनु पर्ने भएकोले पनि सहभागी संख्या तय गर्न आवश्यक रहेको संस्थाले जनाएको छ।

अग्रिम सम्पर्क गरी नाम नटिपाएका व्यक्तिहरूलाई मण्डप व्यवस्था गर्न कठिनाई हुने भएकोले सहभागी ईच्छुक सबैले नाम टिपाउन हुन आयोजक संस्थाको महा-सचिव शिव तण्डुकारले अनुरोध गर्नुभयो ।

सहभागिताको लागि नाम टिपाउन र कार्यक्रम सम्बन्धि अन्य जानकारीको लागि संस्थाको प्रतिनिधिलाई तल उल्लेखित नम्वरमा सम्पर्क गर्नसक्नुहुनेछ ।

080-6555-6667/070-1211-1502/080-3259-6002/070-8953-2328