(Japan) 24 th October | 2026 | Saturday | 8:53:39 AM || (Nepal) 5:38:39 AM
 
 


खुसीको खबर : अब नेपालबाट जापान आउदा एयरपोर्ट क्वारिन्टिन बस्न नपर्ने

  POSTED ON : Saturday, 26 March, 2022 | Views : 8642

खुसीको खबर : अब नेपालबाट जापान आउदा एयरपोर्ट क्वारिन्टिन बस्न नपर्ने


टोकियो, जापान ।

जापानले सिमा नियन्त्रण उपायहरुमा परिवर्तन गर्दै अब नेपालबाट आउने यात्रुले ३ दिन एयरपोर्टको क्वारिन्टिन बस्नुपर्ने नियम हटेको छ ।

नेपाल,सिंगापुर,बर्मा र मंगोलियाका नागरिक जापान प्रवेश गर्दा एयरपोर्टमा बस्नु पर्ने होटेल क्वारिन्टिन ३ दिन ००:०० बजे २६ मार्च शनिबार बाट हटाईएको हो । विदेश मन्त्रालयको वेबसाइटमा प्रकाशित सूचनामा यस्तो बताइएको हो ।

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जापान सरकारले अपनाएको मिजुगिवा ताइसाकुसम्बन्धी केही नियमहरु परिवर्तन गरी यस्तो व्यवस्था गरिएको हो । योसँगै मार्च २६ तारिखदेखि जापान प्रवेश गर्ने नेपाली यात्रुहरुको हाल सम्म कायम ३ दिने होटल क्वारन्टिन हट्नेछ ।

उनीहरु विमानस्थलबाट सिधैं आफ्नै निवास जान सक्नेछन् । होटल क्वारन्टिन हटेपनि घरमा भने ७ दिन आइसोलेशनमा बस्नु पर्नेछ ।

कोभिड विरुद्धको खोपको तेस्रो मात्रा लगाएको प्रमाण भएकाहरुले भने घरमा पनि क्वारन्टिन बस्नु पर्ने छैन । छैन भने घरमा सात दिन क्वारन्टिन बस्नु पर्नेछ ।

जापान छिरेको ३ दिनपछि पीसीआर गरेर नतिजा नकारातमक आएको प्रमाण पेश गरेमा घरमै बसेको क्वारन्टिन पनि समाप्त हुनेछ । विमानस्थलबाट घरसम्म जान सार्वजनिक सवारी साधन प्रयोग गर्न पाइनेछ ।